२०८१ साल चैत २१ गते बिहिबारको राशिफल :
मेष- आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्रायः सबै काम बन्नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ।
Advertisement
वृष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्याउनु होला। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला।
मिथुन- तपाईंको बुद्धिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्नको लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्।
कर्कट- धन लाभ हुने दिन छ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। परिवारबाट सुखानुभूति मिल्ला। धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ।
सिंह- आज रमाइलो यात्राको योग छ। हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ। परिवारमा खुशी छाउनेछ।
कन्या- आज सामान्य रोगले सताउला, सावधान रहनु होला। भौतिक सरसामानको पनि क्षति हुने दिन छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ। शरीरमा रोगले पनि सताउने दिन छ।
तुला- बन्दैन भनेको काम अथक प्रयासमा बन्ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ। नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ। सोचेअनुसार काम सम्पन्न भने हुने छैन। मानप्रतिष्ठा र सामाजिक मर्यादामा भने अभिवृद्धि हुनेछ।
वृश्चिक- आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने दिन छ। व्यापार व्यवसायमा राम्रै आम्दानी हुनेछ। आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। स्वास्थ्यमा कुनै समस्या देखिने छैन। पढाइमा सफलता मिल्ने दिन छ।
धनु- काम गर्न जाँगर आउँदा धनको लाभ होला। सन्तान पक्षबाट सुखानुभूति हुनेछ। नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। व्यापार व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ। मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्।
मकर- मनमा चिन्ता बढ्ने योग छ। समयमा निर्णय नहुँदा काममा अवरोध आउने सम्भावना छ। स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना देखिन्छ। चोटपटकको भय छ, हतियारबाट जोगिनु होला। छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ।
कुम्भ- धनमान पाउने योग छ। नोकरी र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कुनै काममा झमेला सामना गर्नुपर्ला। जागिरमा अल्छीले सताउने छ।
मीन- परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखद बन्ने छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिबाट फाइदा लिन सकिने छ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने र नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला।