आजको राशिफल : धनुको स्वास्थ्यमा समस्या, कुम्भलाई ॠणबाट मुक्त हुने समय

२०८१ साल चैत २४ गते आइतबारको राशिफल :

मेष – आज सुखमा कमि आउनेछ। कामहरु बिग्रनाले मन खिन्न रहला । मन चन्चल भइरहनेछ । दुविधा बढ्नेछ । बिनाकारणको यात्राले झमेला उत्पन्न होला । अनिष्ट हटेर जानेछ ।

बृष – पराक्रम बढ्नेछ । साथीभाइको सहयोगमा महत्वपूर्ण कामहरु बन्नेछन । रमाइलो यात्राको योग पनि रहेको छ । दाजुभाइ दिदिबहिनीमा प्रेम बढेर जानेछ ।

मिथुन – बोलेको कुरा पुग्नाले मन प्रशन्न रहनेछ । वाणी शिद्द हुनेछ । अरुलाइ सहयोग गर्न पाउँदा मनमा शान्ति छाउनेछ । मीठो भोजनको अवसर पनि जुट्ला ।

कर्कट – मन शान्त रहनेछ । पारिवारिक भेट्घाटमै दिन बित्ने समय रहेको छ । शरीरले आध्यात्मिक अनुभुती पनि प्राप्त गर्नेछ । साहित्य संगीत क्षेत्रमा मन जानेछ ।

सिंह – अत्याधिक खर्च बढ्नाले मन अशान्त रहन सक्दछ । झैझगडामा फसिने समय पनि रहेको छ । राम्रो कार्यको जश नपाइन सक्छ । मनमा दुबिधा छाउनेछ ।

कन्या – आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ । छोटो दुरीको यात्रा होला । शत्रुहरु पराजित हुनेछन । राज्यबाट मानसम्मान पाइनेछ ।

तुला – गरेको कार्यको उचित मुल्यांकन हुनेछ । पैतृक धन हात पर्ला । कार्यछेत्र मजबुत बन्नेछ । प्रमोसनको समय रहेको छ । मनमा हर्ष छाउला ।

बृश्चिक – आज धार्मिक यात्रा हुनेछ । भाग्य बलियो रहेकोछ । शैक्षिक छेत्रमा फड्को मारिनेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आध्यात्मिक शान्तिको अनुभुती हुनेछ ।

धनु – आज समय त्यति राम्रो छैन कष्ट बढ्नेछ । बोलिको कारणले गाली खानपर्ने हुन सक्दछ । स्वास्थमा समस्या आउला । अनपेक्षित घटनाले मनमा नैराश्यता छाउनेछ ।

मकर – आज आम्दानिमा बृद्दि छाउनेछ । पशु चौपायाबाट लाभ लिन सकिनेछ । वाहन खरिदको योग पनि रहेकोछ । पारिवारिक भेटघाटमा मन रम्नेछ ।

कुम्भ – रोगव्याधी हटेर जानेछ । आम्दानीका नयाँ श्रोतहरु बढेर जानेछन । शत्रु माथी बिजय हासिल गर्न सकिनेछ । ॠणबाट मुक्त हुने समय रहेकोछ ।

मीन – आज शैक्षिक क्षेत्र मजबुत बन्नेछ । साहित्यिक कार्यमा अग्रसरता देखाउन पाइनेछ । संगीतमा मन रम्नेछ । सन्तान प्राप्तिको योग पनि रहेकोछ । आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ ।

सम्बन्धित समाचार

सबै