२०८१ साल चैत २७ गते बुधबारको राशिफल :
मेष- विशेष सभा-समारोहमा भाग लिने मौका छ। मानसम्मान पनि पाइनेछ। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ।
वृष- प्रेम र मित्रताको बन्धन कसिएर जाला। पढाइमा सुधार हुने दिन छ। उद्योग र व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। व्यापार व्यवसायमा प्रगति हुनेछ। नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ।
मिथुन- स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। आर्थिक अभावले सताउन सक्छ। विश्वास गरेकाले धोका दिन सक्छन्।
कर्कट- कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतारचढाव आउला। पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि भने अनुकूल समय छ।
सिंह- चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। कुटुम्बको सहयोग प्राप्त होला। व्यापार-व्यवसायमा विस्तार हुनेछ। कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ।
कन्या- गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। सन्तानबाट सुख मिल्ने योग छ। रोकिएका काम शुरु हुनेछन्। बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्।
तुला- टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। धन आर्जन पनि होला। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। रोजगारीमा बाधाका साथै प्रतिकूल स्थानान्तरणजस्ता समस्या आइपर्ने देखिन्छ।
वृश्चिक- छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान हुनेछ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घर खर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ।
धनु- आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्।
मकर- नयाँ सीप र ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनबाट फाइदा होला। गरेको यात्रा उपलब्धिमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ। सन्तानबाट पनि सुख मिल्नेछ।
कुम्भ- वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। चिताएको काम बन्ने देखिन्छ। कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। परिश्रमको राम्रो मूल्यांकन हुनेछ। वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ।
मीन- खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्। मित्रजनसँग मनमुटाव हुन सक्छ। विश्वासमा पारेर धोका दिने छन्।