२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा, हेर्नुहोस् कुन कुन बिदा

काठमाडौँ । २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा परेको छ ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी दिएको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार यो वर्ष ५२ वटा शनिबार छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा रहनेछ ।

दसैँमा सात दिन र तिहारमा पाँच दिन बिदा हुनेछ । यीबाहेकका अन्य पर्वहरूको बिदा २८ दिन हुनेछ । अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछन् ।

यसबाहेक प्रदेश सरकार र स्थानीय तहरूले पनि बिदा थप्नेछन् ।

सम्बन्धित समाचार

सबै