लालबन्दी : सर्लाहीबाट हतियारसहित एक युवक पक्राउ परेका छ्न्।
पर्सा गाउँपालिका वडा नम्बर २ स्थित रवि होटलमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपक साह पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा नारायणपुर प्रहरी चौकीबाट खटिएको टोलीले साहलाई सानो कटुवा पेस्तोल र पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएर घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त स्थान प्रहरी चौकी नारायणपुरबाट अन्दाजी साढे तीन किलोमिटर उत्तरपूर्वमा पर्छ । घटनाबारे पछि थप विवरण दिइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।