घट्यो पेट्रोल र डिजेलको मूल्य

लालबन्दी : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो। घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यसअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेल २.८० रुपैयाँले मूल्य घटेर आएको हो।

सम्बन्धित समाचार

सबै