आजको राशिफल : वृषलाई नसोचेको रोगले सताउने, मिथुनको लेनदेनमा विवाद

२०८२ साल जेठ ०७ गते बुधबारको राशिफल :

मेष- स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। भविष्‍यका लागि विशेष काममा जग बसाउने मौका छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।

वृष- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। तर पनि, नसोचेको रोगले सताउने देखिन्छ। अरूका काममा समय बित्‍न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्‍न रहनेछ। अनावश्यक भ्रमणमा समय बित्‍न सक्छ। स्वास्थ्य समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ।

मिथुन- प्रयत्‍न गर्दा महत्त्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्‍न सक्छ। समयमा होशियार बन्‍न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ। मिहिनेतअनुसार फाइदा कमै होला। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ।

कर्कट- चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्‍नेछ। ठूलो प्रयत्‍न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मिहिनेतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्‍न गर्दा पनि उपलब्धि हासिल नहोला।

सिंह- रमाइलो यात्रा हुने सम्भावना छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।

कन्या- आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य र मनोरञ्‍जनमा रुचि बढ्नेछ। रोकिएका काम बन्‍नाले उत्साह जाग्‍नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।

तुला- भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रयत्‍न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

वृश्‍चिक- श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहबर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रशन्‍नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

धनु- मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मकर- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला। अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। तपाईंको ईर्ष्‍या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन्।

कुम्भ- ठूलो प्रयत्‍न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला। व्यावसायिक काममा खर्च बढ्नेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ।

मीन- सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। महत्त्वाकांक्षी योजना पनि विस्तारै फलदायी हुनेछन्। व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।

सम्बन्धित समाचार

सबै