२०८२ साल जेठ २१ गते बुधबारको राशिफल

२०८२ साल जेठ २१ गते बुधबारको राशिफल :

मेष- आत्मीयजनसँग भेटघाट होला। रोकिएका घरेलु कामकाज विस्तारै बन्‍नेछन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु होला। दोधारको अवस्था सिर्जना हुन सक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। पुरानो रोगले पनि सताउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

वृष- भौतिक साधन बिग्रनाले पनि लक्ष्‍य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ। कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्‍न सक्छ, मुखलाई नियन्त्रणमा राख्‍नु होला। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ।

मिथुन- विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ।  लाभ पनि प्राप्त होला। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ।

कर्कट- रचनात्मक काम शुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्‍ट भोजनको आनन्द पाइएला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

सिंह- केही झमेला आइलाग्‍न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। काममा आलश्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।

कन्या- उद्योग र व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ।

तुला- तपाईंको विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्‍न सक्छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ।

वृश्‍चिक- परिवारमा असमझदारी बढ्न सक्छ। आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला।

धनु- चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा सजगता अपनाउनु होला। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला।

मकर- गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। आर्थिक पक्ष सुदृढ बन्‍नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ।

कुम्भ- टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्‍न काम सम्पादन गर्न सकिनेछ। हाँसखेल र मनोरञ्‍जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला। आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा फाइदै होला।

मीन- अनावश्यक दौडधुपमा समय बित्‍नेछ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। दुर्गमस्थान र टाढाको यात्रा सम्भावित छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

सम्बन्धित समाचार

सबै