लालबन्दी उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक, असार ४ गते मतदान

लालबन्दी : उद्योग वाणिज्य संघ लालबन्दीको सातौं अधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि औपचारिक निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

संघका निर्वाचन समिति संयोजक कल्याणकुमार जोशीद्वारा हस्ताक्षरित तालिकाअनुसार असार ४ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने उल्लेख गरिएको छ।

निर्वाचन प्रक्रिया संघको विधानको दफा २५ अनुसार अघि बढाइने जनाइएको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावलीको प्रकाशनदेखि प्रमाणपत्र वितरणसम्मका सम्पूर्ण चरणहरू मिति र समयसहित निर्धारण गरिएको छ।

संघका निर्वाचन समितिका संयोजक जोशीका अनुसार, सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न गरिनेछ । संघको नयाँ नेतृत्व चयनका लागि सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आह्वान पनि गरिएको छ।

यस्तो छ निर्वाचनसम्बन्धी कार्यतालिका :

सम्बन्धित समाचार

सबै