जनकपुरधामः धनुषाधाम नगरपालिका-९ मा छिमेकीले कुटपिट गर्दा १२ वर्षीया बालिकाको मृत्यु भएको छ।
लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँका ६५ वर्षीय प्रेमबहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २७ गते ललिताले आफ्नै फुपूको बारीमा रहेको फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेमबहादुरले कुटपिट गरेका प्रहरीको भनाइ छ।
कुटपिटबाट गम्भीर घाइते भएकी ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको खबर पाएलगत्तै तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।