लालबन्दी : कविर दास जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उक्त विषय उल्लेख छ ।
जेठ २८ गते कविरदास जयन्तीका अवसरमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको बैशाख २१ गतेको सूचनामा उल्लेख छ ।
