लेखापाल आउँदा कार्यालय प्रमुख सम्पर्कविहीन

मलंगवा : जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका निमित्त प्रमुख डा. नवलकिशोर झा लेखा अधिकृत हाजिर गराउनुपर्ने संवेदनशील समयमा कार्यालय छाडेर सम्पर्कविहीन बनेका छन्।

अर्थ मन्त्रालयबाट असार मसान्तमा सरुवा भएर आएका लेखापाल ज्ञानेन्द्रकुमार यादव बिहीबार कार्यालय पुगेका थिए। मन्त्रालयको औपचारिक पत्र लिएर प्रमुखको कार्यकक्ष पुगेका यादवलाई हाजिर गराउने प्रक्रिया सुरु नहुँदै डा. झा चुपचाप कार्यकक्ष छाडेर बाहिरिए। उनले टेबलमै चस्मा र साँचो छोडेर हिँडेका थिए भने मोबाइलसमेत स्विच अफ गरेका थिए।

कार्यालय प्रमुख सम्पर्कविहीन बनेपछि वरिष्ठता अनुसार दोस्रो स्थानमा रहेका तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवलाई हाजिर गराएका छन्।

यसअघि सो कार्यालयमा लेखा सम्बन्धी जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए।

सम्बन्धित समाचार

सबै