आजको राशिफल : मिथुनको लेनदेनमा विवाद, धनुलाई वैदेशिक क्षेत्रमा फाइदा

२०८२ साल असार ०४ गते बुधबारको राशिफल :

मेष- व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने योग छ, अनौठो समाचार पनि सुनिएला। अर्थलाभका अवसर आउने छन्। तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ। सामाजिक प्रतिष्‍ठा पनि बढ्नेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। दिन सामान्य नै रहला।

वृष- प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। दिन सामान्य छ। रमणीय र सुखद यात्राको योग छ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। यात्रा हुन सक्छ।

मिथुन- आज आर्थिक संकट पनि आउनेछ। लेनदेनमा विवाद बढ्नेछ। घरायसी समस्या पनि आउला। पढाइलेखाइमा ध्यान दिन नसकिएला। आर्थिक नाश हुने दिन छ। घरेलु समस्याले सताउने छ। मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन्।

कर्कट- गलत विचारहरूले काममा बाधा सिर्जना गर्नेछ। अरूको काम धेरै गर्नुपर्ला। नोकरी र राजनीतिमा मान सम्मान पाउने योग छ। अरूको मन जित्‍न सकिने छ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।

सिंह- दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने दिन छ। आर्थिक लेनदेन होला। सामाजिक यश, सम्मान र प्रतिष्‍ठामा वृद्धि हुनेछ। रोकिएका काम सजिलै सम्पन्‍न हुनेछन्। आर्थिक पक्ष आज सन्तोषजनक रहने छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।

कन्या- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। मनोरञ्‍जनमा भुलिने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले राम्रै सहयोग गर्ने छन्। आफन्तको सहयोग भने नपाइएला। पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ। साथीभाइसँग भेटघाट पनि होला।

तुला- लेनदेनको समस्याले सताउनेछ। शत्रु पनि बढ्ने छन्। व्यापारमा पनि घाटा बेहोर्नुपर्ला। कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ। यात्रामा सावधान रहनु होला। बेकारको विवादमा फस्‍न सकिन्छ। बोल्दा धैर्यका साथ बोलेकै वेश हुनेछ।

वृश्‍चिक- पढाइमा सुधार आउने योग छ। कुरा काट्नेहरू प्रशंसक बन्‍ने छन्। जागिरबाट पनि सन्तुष्‍टी मिल्ने देखिन्छ। काममा समस्याको सामना गर्नुपर्ला। गलत लेनदेनमा समस्या आउन सक्ने छ। सम्मान पाइनेछ। व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ। मन हर्षित हुने दिन छ।

धनु- लामो समयदेखि रोकिएका कामहरू बन्‍न सक्ने मौका छ। आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ। मनमा हौसला बढ्नेछ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने छन्। मन हर्षित रहने छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ। कृषि व्यापारमा पनि नाफा होला।

मकर- प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ। स्वास्थ्यस्थितिमा सुधार आउने छ। आयआर्जनको स्रोत फेला पर्ला। सामान्यतया लाभ हुने दिन छ। तर, कृषिजन्य पेशा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिने छैन। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ। मित्रजनको सहयोग पनि प्राप्त होला।

कुम्भ- समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ। काममा अवरोध आउनाले धनको नाश हुन सक्छ। स्वास्थ्यका लागि खानामा ध्यान पुयाउनु होला। धन नाश हुन दिन छ। पीडा दिनेहरू सक्रिय रहलान्।

मीन- शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ। पठनपाठनमा ध्यान दिनु वेश हुनेछ। प्रेम सम्बन्ध बलियो रहनेछ। अधुरा कामहरू बन्‍ने छन्। अरूको विश्‍वास आर्जन गर्न सकिने छ। आफन्तहरूको उचित सहयोग मिल्ने छ। पढाइमा सफलता मिल्नेछ। ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ। नयाँ कामको थालनी हुने दिन छ।

सम्बन्धित समाचार

सबै