२०८२ साल असार ०५ गते बिहिबारको राशिफल

२०८२ साल असार ०५ गते बिहिबारको राशिफल :

मेष- आफन्त मिलनले सुख दिनेछ। पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला। आयआर्जनमा राम्रो दिन छ। नयाँ काम गर्न परिवारजनको सल्लाह आउन सक्छ। धनलाभको योग छ। नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ।

वृष- कामहरू पनि सजिलै बन्‍ने छन्। टाढाको यात्रा हुने योग छ। व्यापारबाट सामान्य नाफा होला। हाँसखेल, भ्रमण र मनोरञ्‍जनमा दिन बित्‍नेछ। नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिकर्मबाट विशेष लाभ होला।

मिथुन- शरीरमा रोगले सताउला। धनमाल हराउनाले मनमा पीडा थपिने छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भरपर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु वेश होला, व्यर्थ खर्च होला।

कर्कट- काममा कठिनाइ सहनुपर्नेछ। काम बिग्रन सक्छ, आपर्थक लेनदेन पनि खासै राम्रो छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्‍न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। मनमा द्विविधा रहला।

सिंह- काम बन्‍नाले सुखानुभूति हुनेछ। पठनपाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ। कमाइ सोचेअनुरूप हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्‍न पाइएला। खर्चभन्दा कमाइ बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा होला।

कन्या- नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। काममा जोश र जागर बढ्ने देखिन्छ। आर्थिक लाभ होला। आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो योग छ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। दिन एकदमै राम्रो छ। कामहरू सजिलै बन्‍नेछन्।

तुला- पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार सुन्‍न पाइएला। अनावश्यक डर, वादविवाद हुन सक्ने भएकाले समय खासै राम्रो छैन। कसैसँग झगडा हुन सक्छ।

वृश्‍चिक- सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ। मनमा द्विविधा हुन सक्छ। सामाजिक काममा नाम रहने छ। व्यापार र जागिरमा दिन ठीकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। व्यापारमा पनि घाटा सहनुपर्ला।

धनु- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। साथै, खुशीको खबर प्राप्त हुनेछ। चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी रहने छ। यात्राको पनि योग छ।

मकर- अल्झेका कामहरू अरूको सहयोगमा बन्‍ने छन्। अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग छ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन शान्त रहनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक सम्पन्‍न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला।

कुम्भ- व्यर्थको खर्च हुनेछ, घटाउने प्रयास गर्नु होला। खानामा असावधानीले शरीरमा रोग निम्तिन सक्छ। परिवारमा पनि समस्या आउनेछ। समय राम्रो छ। तथापि, खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ।

मीन- रोकिएका काम बन्‍नाले आर्थिक पक्ष सबल बन्‍नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ। अन्‍नलाभ होला। धनलाभको पनि योग छ। पढाइमा प्रगति होला। दिन खुशी साथ बित्‍ने छ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्‍न गरेका काम ढिलै भए पनि सफल हुनेछन्।

सम्बन्धित समाचार

सबै