लालबन्दी । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले सर्लाहीका एक जनासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–४ घर भएर कागेश्वरी मनोहरा बस्ने लछुमन साह तेली र दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भएर काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने नबिना दाहाल घिमिरे रहेका छन् ।
३१ वर्षीया घिमिरेले युके पठाउँछु भनेर पीडितहरुबाट ५२ लाख रुपैया ठगेको उजुरी परेको छ । उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरण र काठमाडौँ जिल्ला अदालतबाट समेत पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
अर्का आरोपी लछुमन शाह तेलीले ३ जना पीडितबाट ६ लाख रुपैयाँ असुलेको प्रहरीको भनाइ छ ।
आरोपीहरूलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।