२०८२ साल असार १३ शुक्रबारको राशिफल

२०८२ साल असार १३ शुक्रबारको राशिफल :

मेष- दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्‍ने देखिन्छ। पर्यटकीय वा तीर्थस्थलको भ्रमण हुन सक्छ। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ। दिन रमाइलोका साथ बित्‍ने छ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने व्यावहारिक समस्याको हल हुने छ। सामान्यतया दिन राम्रो छ।

वृष- पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्‍न हुनुपर्ने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ।

मिथुन– सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला। स्वास्थ्यमा समस्या आउला। उपचारमा खर्च हुनेछ। गरेका कार्यहरू हतपत नबन्‍ने साथै बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ।

कर्कट- काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ। जाँगरमा सुधार आउने छ। आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरू बन्‍न थाल्ने छन्। प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ। अन्‍न र धन लाभ होला।

सिंह– कामममा जोश जाँगर आउनुका साथै आर्थिक एवं सामाजिक लाभ मिल्ने छ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ। समस्याहरू आफैं किनारा लाग्‍ने छन्। धैर्य बढाउन सके धेरै राम्रो समय छ।

कन्या- अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ। विस्तारै कामहरू बन्‍न थाल्ने छन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। यात्राका लागि उचित समय देखिन्छ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला।

तुला- कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन। सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरूपको सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ।

वृश्‍चिक- सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ। आज अलमल गराउने खाले समय छ। काममा पनि मन नजान सक्छ। आँटे-गरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ। परिवारबाट सुख मिल्ने दिन छ।

धनु- आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ। आत्मबल बढ्ने छ। व्यापारमा सोचेअनुरूपको फाइदा होला। लाभदायक समय छ।

मकर- पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धार्मिक कार्यमा संलग्‍न हुने समय छ। वाहन, चौपाया प्राप्त होलान्। नयाँ सामान खरिद गर्ने योग देखिन्छ। आर्थिक कारोबार होला।

कुम्भ- शारीरिक र मानसिक आलस्यता बढ्नेछ। झैझगडा हुने दिन छ। अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन। गरेका कामहरू अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ।

मीन- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मन खिन्‍न होला। परिवारबाट पनि त्यति सहयोग पाइने छैन।

सम्बन्धित समाचार

सबै