आजको राशिफल : मिथुनको गरेका कामहरूमा बाधा, धनुले शत्रु र रोग पन्छाउने उचित समय

२०८२ साल असार १४ गते शनिबारको राशिफल :

मेष- नयाँ काम थाल्ने समय छ। धार्मिक र सामाजिक काममा मन रमाउनेछ। आज सोचेका काम पूरा भई सुखानुभूति हुने दिन छ। आर्थिक कारोबार राम्रै रहला। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमय रहने छ।

वृष– साथीभाइसित छलफल र वार्तालाप हुनेछ। धनलाभको बाटो पत्ता लाग्‍नेछ। नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। परिवारमा भने सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ।

मिथुन- गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ। रोगका कारणले धन नाश होला। अल्छीले सताउला। काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्‍याउनु होला।

कर्कट– आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटमा मन रमाउने छ। प्रशस्त आर्थिक कारोबार होला। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउन सक्छन्। बुद्घिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्‍न लाभ पनि होला।

सिंह– परिश्रम गर्न सकेजति खेर जाने छैन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ। यात्रा पनि होला। आज चिताएको काममा सफलता पाइनेछ। कसैबाट समर्थन पनि पाइएला। पुराना साथीसँग भेटघाट होला।

कन्या- अनौठो र लाभदायक यात्राको योग छ। सामान बिग्रेर दुःख पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ। शरीरमा सामान्य रोगले सताउला। सामाजिक सम्मान पाउने समय छ। रमाइलो यात्राको योग छ।

तुला- सोचेअनुरूप काम नहुने र बढी खर्चका कारण मनमा शान्ति मिल्ने छैन। सामान्य रोगले पनि सताउला। आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला। सामनको पनि क्षति हुने दिन छ।

वृश्‍चिक- बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव होला। सोचेको काम पूरा नहुन सक्छ। बिहानीपख सुखको अनुभूति होला। साँझतिर भने काम गर्नमा मन नलाग्‍न सक्छ। बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्‍ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुनेछ।

धनु- शत्रु र रोग पन्छाउने उचित समय छ। पढाइमा भने आज खासै प्रगति नहोला। पैसा कमाउने योग छ। नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ। आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने छन्। व्यापार व्यवसायमा राम्रै आम्दानी हुने दिन छ।

मकर- गरेका कामहरू सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्‍ने छन्। अनायासै पैसा खर्च होला। नयाँ काम थाल्ने योग छ। परिवारमा आर्थिक समस्याले सताउन सक्छ। धन लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ।

कुम्भ- झगडा हुने सम्भावना छ। मनमा डरले डेरा जमाउने छ। चिन्ता बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउने सम्भावना छ।

मीन– केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने छन्। कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। नोकरी र राजनीतिमा वर्चस्च बढाउन सकिनेछ।

सम्बन्धित समाचार

सबै