२०८२ साल असार १६ गते सोमबारको राशिफल

२०८२ साल असार १६ गते सोमबारको राशिफल :

मेष- धन मान पाउने योग छ। नोकरी र राजनीतिमा वर्चस्व बढाउन सकिने छ। कामको कदर हुनेछ। प्रतिष्‍ठा बढ्ने छ। पढाइ र व्यापारमा प्रगति हुने दिन छ।

वृष- सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। आत्मविश्‍वास जाग्‍नेछ, वैदेशिक क्षेत्रको लगानी खेर जाने छैन।

मिथुन- बौद्धिक क्षमता प्रष्‍फुटन हुनाले सिर्जनात्मक काममा सफलता पाइने छ। व्यापारमा पनि फाइदा होला। रोकिएका घरेलु कामकाज विस्तारै बन्‍नेछन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कर्कट- घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ। केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ।

सिंह- आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि र पशुपालनमा फाइदा होला। पढाइलेखाइमा प्रगति हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ। धनजनको वृद्धि होला।

कन्या- सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। ऋण र सापटी लिनदिन आजको दिन अनुकूल छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ।

तुला- हाँसखेल, भ्रमण र मनोरञ्‍जनका क्रममा दिन बित्‍नेछ। टाढाको यात्राबाट केही धन आर्जन हुनेछ। व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मन हर्षित हुने छ। पराक्रम बढ्ला।

वृश्‍चिक- समय मध्यमस्तरको छ। कुनै नयाँ समाचारले खिन्‍नता पनि बढ्न सक्छ। सोचेअनुरूप काम नहोला। स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ। उत्साहवद्र्धक समय छ।

धनु- छिमेकमा केही असमझदारी बढ्ने योग छ। तर, दिन ठीकै छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्।

मकर- धार्मिक र परोपकारजन्य क्रियाकलापबाट प्रतिष्‍ठा पाइनेछ। तर, शारीरिक अस्वस्थताको सम्भावना छ। आम्दानीमा कमी आउने छैन। तर, निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ।

कुम्भ- काममा केही चुनौती देखिए पनि प्रयत्‍न गर्दा समयको सदुपयोग भई धनलाभ होला। विपरित लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ, अनौठो खबर सुन्‍न पाइएला।

मीन- परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुन सक्छन्, सावधान रहनु होला। धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ।

सम्बन्धित समाचार

सबै