मलंगवा : सर्लाही मलंगवा नगरपालिकास्थित गम्हरिया गाउँ नजिकै एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
अन्दाजी १९ देखि २० वर्षको देखिने ती युवतीको शव गम्हरिया गाउँको उत्तरतर्फ चमेली माई मन्दिर नजिकै पर्ने पुलको पूर्वतर्फको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।
बिहानै स्थानीयहरुले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।