ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ ।

आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यद्यपि, खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । बढेको मूल्य आजैदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आइतबार प्राप्त नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ, डिजेलमा ९.१३ रुपैयाँ र हवाई इन्धनमा ६.८८ रुपैयाँले बढेर आएको थियो ।

सम्बन्धित समाचार

सबै