आजको राशिफल : मेषको पति-पत्‍नीबीच घरसल्लाह नमिल्ने, सिंहको स्वास्थ्यमा अचानक गडबडी

२०८२ साल असार १७ गते मंगलबारको राशिफल :

मेष- पति-पत्‍नीबीच घरसल्लाह नमिल्न सक्छ। आर्थिक संकट पनि होला। कसैसँग अनावश्यक झगडा हुन सक्छ। यात्रामा पनि सावधान रहनु होला। लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढ्ने छन्। व्यापारमा घाटा बेहोर्नुपर्ला।

वृष- कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ। मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। मित्रले प्रशंसा गर्नेछन्। नसोचेको सम्मान मिल्ने दिन छ। पढाइमा सुधार आउने योग छ। कुरा काट्नेहरू प्रशंसक बन्‍ने छन्। जागिरबाट पनि सन्तुष्‍टी मिल्ने देखिन्छ।

मिथुन- कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने दिन छ। आफन्तसँग भेटघाट होला। अधुरा काम बन्‍ने र नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिलनेछ। लामो समयदेखि रोकिएका कामहरू बन्‍न सक्ने मौका छ। आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ।

कर्कट- व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ। स्वास्थ्यस्थितिमा सुधार आउने छ। आयआर्जनको स्रोत फेला पर्ला।

सिंह- स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ, होश पुर्‍याउनु होला। बाटो काट्दा वा हतियारको प्रयोग गर्दा सचेत रहनुहोला। निको भएको रोगले पुनः सताउन सक्छ। समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ।

कन्या- परिवारसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको पनि सम्भावना छ। संगीत सिक्नमा मन जाला। विभिन्‍न अवसरले पछ्याउनेछन्। भविष्‍यका लागि विशेष काममा जग बसाउने मौका छ। वित्तादी लाभ होला। शैक्षिक प्रगतिका लागि अनुकूल समय छ। प्रेमसम्बन्ध बलियो रहनेछ।

तुला- आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्‍जनमा दिन बित्‍नेछ। मिष्‍ठान्‍न भोजनको योेग छ। अरूको विश्‍वास जित्‍न सजिलै सकिनेछ। धनमान पाउने योग छ। गरेको कामबाट फाइदा नै हुनेछ। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने योग छ।

वृश्‍चिक- मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ। टाढाको यात्रा गर्ने अवसर आउला। दिन सामान्य रहने छ। अनुकूल यात्राको सम्भावना छ। पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ। प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला।

धनु- धेरै श्रम गरे पनि कामको कम मूल्यांकन हुनेछ। भएको आम्दानी र सञ्‍चित रकम पनि खर्च गर्नुपर्ला। हतारको निर्णयले काम बिग्रन सक्छ। मान्यजनको सुझाव अप्रिय लाग्‍नेछ। आज आर्थिक संकट पनि आउनेछ। लेनदेनमा विवाद बढ्ने छ। घरायसी समस्या पनि आउला।

मकर- खर्च बढने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउनेछ। कुरा काट्नेहरू बढ्ने छन्। नयाँ र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ। गलत विचारहरूले काममा बाधा सिर्जना गर्ने छन्। अरूको काम धेरै गर्नुपर्ला। समयको बचत कम हुने दिन छ।

कुम्भ- दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा पनि फाइदा हुनेछ। सोच्‍ने शक्ति बढ्ने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्। अन्‍न र धनको पनि वृद्धि हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने दिन छ। आर्थिक लेनदेन पनि होला।

मीन- आर्थिक लगानी बढाउन अनुकूल समय छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ। परिश्रमले धेरै काम बन्‍ने छन्। धन पनि मनग्य कमाउनु होला। भाग्य बलियो छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। मनोरञ्‍जनमा भुलिने समय छ।

सम्बन्धित समाचार

सबै