२०८२ साल असार १८ गते बुधबारको राशिफल

२०८२ साल असार १८ गते बुधबारको राशिफल :

मेष- कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ। यात्रामा सावधान रहनु होला। बेकारको विवादमा फस्‍न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै वेश हुनेछ। व्यापारमा भने फाइदै होला। पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार पनि सुन्‍न पाइएला।

वृष- काममा समस्याको सामाना गर्नुपर्ला। गलत लेनदेनमा समस्या आउन सक्छ। जागिरमा सम्मान पाइनेछ। व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ। अरूबाट प्रशंसा पाउनु होला। मन हर्षित हुने दिन छ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ।

मिथुन- मनमा हौसला बढ्ने छ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने छन्। मन हर्षित भएर आउनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ। पढाइमा वृद्धि र कृषि व्यापारमा पनि नाफा होला। नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। साथै, खुशीको खबर प्राप्त हुनेछ।

कर्कट- सामान्यतया लाभ हुने दिन छ। तर, कृषिजन्य पेशा-व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिने छैन। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ। मित्रजनको सहयोग पनि प्राप्त होला। अल्झेका कामहरू अरूको सहयोगमा बन्‍ने छन्। अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग छ।

सिंह- खर्च, गलत विचार र विवाद बढ्ने समय छ। काममा अवरोध आउनाले धनको नाश हुन सक्छ। स्वास्थ्यका लागि खानामा ध्यान पुर्‍याउनु होला। पीडा दिनेहरू सक्रिय रहलान्।

कन्या- अधुरा कामहरू बन्‍ने समय छ। अरूको विश्‍वास हासिल गर्न सकिने छ। आफन्तहरूको उचित सहयोग मिल्ने छ। पढाइमा सफलता मिल्नेछ। बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ। नयाँ कामको थालनी हुने दिन छ। रोकिएका काम बन्‍नाले आर्थिक पक्ष सबल बन्‍नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ। अन्‍न लाभ पनि होला।

तुला- अर्थ लाभका अवसर आउने छन्। तीर्थव्रत र देवालयको भ्रमण हुन सक्छ। सामाजिक प्रतिष्‍ठा पनि बढ्नेछ। सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण र व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। दिन सामान्य रहला। आफन्त मिलनले सुख दिनेछ। पैसो कमाउने योग छ। घरमा भने पाहुनाले सताउलान्।

वृश्‍चिक- रमणीय र सुखद यात्राको योग छ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। यात्रा हुन सक्छ। कामहरू पनि सजिलै बन्‍ने छन्। व्यापारबाट सामान्य नाफा होला।

धनु- पढाइ-लेखाइमा ध्यान दिन नसकिएला। आर्थिक क्षति हुने दिन छ। घरेलु समस्याले सताउने छ। मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन्। धनमाल हराउनाले मनमा पीडा थपिने छ।

मकर- नोकरी र राजनीतिमा मान सम्मान पाउने योग छ। अरूको मन जित्‍न सकिने छ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। काममा कठिनाइ सहनुपर्नेछ। आर्थिक लेनदेन पनि खासै राम्रो छैन।

कुम्भ- सामाजिक, सम्मान र प्रतिष्‍ठामा वृद्धि हुनेछ। रोकिएका काम सजिलै सम्पन्‍न हुनेछन्। आर्थिक पक्ष सन्तोषजनक रहने छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। पठनपाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ।

मीन- व्यापारमा मनग्य धन लाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग गर्लान्। आफन्तको सहयोग भने नपाइन सक्छ। साथीभाइसँग भेटघाट पनि होला। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ।

सम्बन्धित समाचार

सबै