२०८२ साल असार १९ गते बिहिबारको राशिफल :
मेष- आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। दिन एकदमै राम्रो छ। कामहरू सजिलैसँग बन्नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ। पढाइमा पनि केही वृद्धि हुने देखिन्छ। विपरित लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। काम गर्नमा थप जाँगर थपिने देखिन्छ।
वृष- अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होश पुर्याउनु होला। कसैसँग झगडा पनि हुन सक्छ, वादविवादको सामना गर्नुपर्ला। पेशागत समस्या देखिन सक्छ। घरपरिवारमा केही मनमुटाव होला। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। तर, सफलता प्राप्त हुने छैन।
मिथुन- मनमा द्विविधा रहने दिन छ। सामाजिक काममा नाम रहने छ। व्यापार र जागिरमा दिन ठीकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। व्यापारमा पनि घाटा सहनुपर्ला।
कर्कट- चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। यात्राको पनि योग छ। घरमा पाहुनाले सताउलान्। प्रेम र मित्रताको बन्धन कसिने छ। विभिन्न सहयोग र उपहार पाइनेछ।
सिंह- परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन त्यसै शान्त हुनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला।
कन्या- खर्च गर्दा होश पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। साथै, परिवारमा पनि समस्या आउनेछ। समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला।
तुला- आज धन लाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्ने छ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ। दिन रमाइलै छ। कसैबाट समर्थन पाइएला। ठूला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ।
वृश्चिक- आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको सल्लाह आउने देखिन्छ। धन लाभको योग छ। नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ। कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरू आज नै सम्पन्न हुन सक्ने दिन छ।
धनु- हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला। आज कुनै पनि नयाँ काम नथाल्नु होला। टाढाको यात्रा हुने दिन छ। लेनदेनको काम पनि नगरेकै वेश होला।
मकर- स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला, व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजग रहनु होला। स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला। धनको नाश हुन सक्छ। साथै, प्रेममा पनि धोका होला।
कुम्भ- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। मनमा केही द्विविधा पनि रहला। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला।
मीन- कमाइ सोचेअनुरूप हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला। खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानी फाइदै होला। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ।