सर्लाहीका हास्य कलाकार ‘जोगिन्दर’लाई राष्ट्रिय प्रतिभा पुरस्कारले सम्मान गरिने

हरिवन : चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ सहित एक दर्जन बढी कलाकारलाई नेपाल सरकारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ ले सम्मान गर्ने भएको छ। रिजाल सर्लाहीको बरहथवा नगरपालिका – १५ का हुन्।

त्यस्तै, यो सम्मान पाउने मधेसका अर्का कलाकार रौतहट गौर नगरपालिका- ५ का शीतल गिरी पनि छन्। यी दुईलाई प्रदेशतर्फको प्रतिभा पुरस्कारले सम्मान गरिने भएको हो ।

यो सूचीमा राष्ट्रिय कलाकार दिया मास्केको पनि नाम समावेश छ। सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ को विभिन्न पुरस्कार सार्वजनिक गरेको हो ।

यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको पुरस्कारको सूची:

सम्बन्धित समाचार

सबै