२०८२ साल असार २१ गते शनिबारको राशिफल

२०८२ साल असार २१ गते शनिबारको राशिफल :

मेष- आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। परिश्रम गर्दा अरूको विश्‍वास जित्‍न सकिनेछ। परोपकारमा मन जाला। प्रेममा सफलता मिल्ने समय छ।

वृष– पशुधन र जमिनबाट सामान्य लाभ होला। प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धन प्राप्तिको योग छ। बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान पाइनेछ। आर्थिक समुन्‍नतिको योग छ। अवसरले पछ्याउनेछन्। धनलाभ होला।

मिथुन- कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा भने समस्या आउन सक्छ। गलत विचार र खर्च बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ। कडा प्रयास गरे पनि सफलता हात लाग्‍ने बेलामा वादविवाद हुन सक्छ।

कर्कट- मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। व्यापारमा सफलताले मन रमाउनेछ। धन मनग्य कमाउने अवसर मिल्नेछ। धार्मिक र सामाजिक कामको दायित्व थपिन सक्छ। आँटे-गरेका काम पूरा भई धन लाभ हुन सक्छ। अरूले आदर गर्नेछन्। मान सम्मान मिले पनि मनमा डर रहने छ।

सिंह- काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। ठूला व्यक्तिको आशा र भरोशा रहनेछ। बोल्दा धेरै काम सहज हुनेछन्। पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। दिन सुखमय बित्‍ने देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ।

कन्या- सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोग र नयाँ मित्रको आगमनले मन प्रशन्‍न हुनेछ। अन्य विविध फाइदा पनि हुन सक्छ। पढाइ लेखाइमा रुचि बढ्नेछ। सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ। समय मनोरञ्‍जनपूर्ण रहनेछ।

तुला- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। परिश्रमले लक्ष्‍य पूरा गर्न सकिनेछ। नोकरी र राजनीतिमा केही अप्ठ्यारो सामना गर्नुपर्नेछ। पारिवारिक समस्याले पिरोले पनि विस्तारै समाधानतिर उन्मुख हुनेछ। अनावश्यक झमेलामा परिएला। आज केही हानी हुन सक्छ, सावधान रहनु होला।

वृश्‍चिक- घरमा पाहुनाले सताउलान्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम पाउने योग छ। पढाइमा राम्रै उन्‍नति हुनेछ। साहसिक र कठिन काममा सक्रियता बढ्नेछ। पुराना साथीसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

धनु- अचानक उपहार मिल्ने योग छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। आँटे-गरेका काम पूरा भई धन लाभ हुन सक्छ। विभिन्‍न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ। आयआर्जनमा राम्रो दिन छ।

मकर- कमाइ राम्रैसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहने छन्। यात्रा पनि रमाइलो हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ।

कुम्भ- स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। समय त्यति राम्रो छैन। सुखसुविधा र विलासिताका साथमा समय बित्‍नेछ। सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ। मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव सिर्जना गर्नेछ।

मीन- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। अन्य बन्‍न लागेको काम बिग्रन सक्छ। घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ। टाढाको यात्राको सम्भावना छ। पढाइलेखाइमा प्रगति हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ।

सम्बन्धित समाचार

सबै