२०८२ साल असार २३ गते सोमबारको राशिफल

२०८२ साल असार २३ गते सोमबारको राशिफल :

मेष- पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबण्डाको समय छ। व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्‍न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन्।

वृष- उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। सोचेभन्दा बढी नै लाभ हुने समय छ। साझेदारी काममा विशेष लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरु हुन सक्छ। यात्राको पनि योग छ। रोकिएका काम बन्‍नेछन् भने दिगो आम्दानी हुने काम शुरु गर्न सकिनेछ।

मिथुन- तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ। विगतको कामबाट भने लाभ हुनेछ। सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ। वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्‍न भौतिक साधन जुट्नेछन्।

कर्कट- गरिएका कामको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिएला। अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। बोलीको गलत अर्थ लाग्‍नाले विवादमा परिएला।

सिंह- विगतका निर्णयले काम बिग्रन सक्छ। मान्यजनको सुझावप्रति पनि विश्‍वास नलाग्ला। होश नपुग्‍नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बाध्यतापूर्ण काममै समय बित्‍न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। नजिकका साथीभाइ टाढिन सक्छन्। आँटेका काम विस्तारै भए पनि सम्पन्‍न हुनेछन्।

कन्या- सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अतिथिको सम्मान गर्ने अवसर पाइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ।

तुला- काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। प्रतिष्‍ठा कमाउने काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिनेछ।

वृश्‍चिक- बोलीको गलत अर्थ लाग्‍ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यति साथ नदेलान्। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्‍नेछ। आश्‍वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला। तर, जिम्मेवारी बढिरहनेछन्। हतारको निर्णयले पनि धोका हुनेछ।

धनु- प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। सहयोगीहरूले साथ र हौसला दिनेछन्।

मकर- नयाँ जिम्मेवारी पाइएला। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्‍नुका साथै समस्या थपिन सक्छन्। व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ।

कुम्भ- पठन-पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्‍न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य समस्याले पनि सताउने देखिन्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्‍नेछ।

मीन- काममा रोकावट र मानसम्मानमा आघात पुग्‍ने समय छ। पैसा कमाउने बेला छ। सोच्दै नसोचेको काम सम्पादन हुने समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। आँटेका काम मुस्किलले बन्‍नेछन्। खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ।

सम्बन्धित समाचार

सबै