उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने सरकारको निर्णय

लालबन्दी : सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावले उखु किसानलाई अनुदान दिने निर्णय भएको बताइएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रदान गर्ने अनुदान रकम ३५ रुपैयाँ कायम गरिएको छ ।

सरकारले उखु किसानलाई प्रत्येक वर्ष अनुदान दिँदै आएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा पनि उखु किसानलाई अनुदान उपलब्ध गराउने बताएका थिए ।

उनले राष्ट्रिय अनुदान नीतिअनुसार उखु किसानले अनुदान रकम पाउने बताए ।

सम्बन्धित समाचार

सबै