लालबन्दी । जनता समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष पूर्व प्रदेश सभा सदस्य अशोक यादवमाथि प्रहरी प्रशासनले गरेको दुर्व्यवहार गरिएको नेकपा माओवादी केन्द्र सहित ६ राजनीतिक दलहरूले आपत्ति जनाएका छन् ।
जनता समाजवादी पार्टी,नेपाल समाजवादी पार्टी,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका नेताहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएका बताएका हुन् ।
पूर्वाधार विकास कार्यालय लगायत विभिन्न कार्यालयका कर्मचारीहरूको मोनोपोली, लुटतन्त्र, भ्रष्टाचार लागयत जिल्ला प्रहरी कार्यालय समेतले आम जनताहरूलाई झुठा मुद्दामा फसाउने कार्य भइरहेको भनेर पटक पटक जिल्ला प्रहरी प्रमुख एवं सम्बन्धित निकाय समेतलाई जानकारी गराएको कुरा सर्वविदितै छ,६ राजनीतिक दलद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ,यसै सन्दर्भमा मिति २०८२-०३-१९ गते बिहीबारको दिन पूर्वाधार विकास कार्यालयमा राती प्रहरी परिचालन गरी कार्यालय प्रमुखले मेन गेटमा ताल्चा लगाई कार्यालय सञ्चालन गरिरहेको देखेर सेवाग्राही त्रसित भएको जानकारी जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादव ज्यूले पाउना साथ के कसो हो भन्ने जानकारी लिन जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासँग फोन मार्फत बुझ्न खोज्दा मधेसी हो भनेर हेपाहा, विभेदकारी शैलीमा कुरा गर्नु आफैमा खेदपूर्ण छ,संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
उनीमाथि लगाइएको झुठा मुद्दा खारेजी गरी जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय सँग जोडदार माग समेत गरिएको छ । साथै छानबिन समिति गठन गरी सत्य तथ्य उजागर गर्न माग गरिएको छ ।
विभेदकारी नश्लिय सोच नसच्चिएमा कडा भन्दा कडा सडक सङ्घर्ष गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।