२०८२ साल असार २५ गते बुधबारको राशिफल

२०८२ साल असार २५ गते बुधबारको राशिफल :

मेष- मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ। कठिन काम पनि साथीको सहयोगले बन्‍ने देखिन्छ। कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ। आँटेको काम पूर्ण हुनेछ। शत्रु परास्त हुनेछन्। दिन मनोरञ्‍जनपूर्ण रहने छ। टाढाको यात्रा हुने सम्भावना छ। पढाइलेखाइमा प्रगति हुनेछ।

वृष- शुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ। आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्‍न रहला। प्रेमसम्बन्धमा विश्‍वास बढ्ने छ। दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ। शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। व्यापार-व्यवसायमा पनि फाइदा होला। मिहिनेतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ। परोपकारमा मन जाला।

मिथुन- कृषि र व्यवसायमा उन्‍नति हुनुका साथै अन्य काममा पनि मनग्य धन कमाउने अवसर जुट्नेछ। शारीरिक दुर्बलता बढ्नेछ। आफन्तजनबाट सहयोग प्राप्त हुनेछ। प्रशस्त धन लाभ हुनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ। बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान पाइनेछ। आर्थिक समुन्‍नतिको योग छ।

कर्कट- सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ। वादविवाद होला, होशियार रहनु होला। स्वास्थ्यमा बाधा उत्पन्‍न होला। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ। आम्दानी पनि राम्रै हुनेछ।

सिंह– नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्‍नतिको सम्भावना छ। आत्मीयजनसँग बिछोड होला। पारिवारिक सद्‍भावले कार्यमा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ। अध्ययन-अध्यापन फलदायी रहनेछ।

कन्या- आफन्तको भेटले हर्ष बढ्नेछ। सन्तानको सहयोग मिल्नेछ। याात्रामा मन रमाउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। घरघडेरीको व्यापार-व्यवसायमा लाभ मिल्ला। बोलीकै प्रभावले महत्त्वपूर्ण काम सम्पादन हुने समय छ। धन लाभ होला। पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

तुला- रोकिएका काम बन्‍नेछन्। व्यापार-व्यवसायमा उन्‍नति हुनेछ। काममा जश पाउने सम्भावना छ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। लेखनकार्यमा मन लाग्‍नेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ। पढाइ लेखाइमा रुचि बढ्नेछ। सहयोगीबाट सहायता मिल्नेछ।

वृश्‍चिक– विश्‍वासपात्रबाट धोका पाइएला। मानसिक चञ्‍चलता र उत्साह बढ्नेछ। तर, अप्रिय समाचारले दुःखी बनाउला। आफन्तको भरणपोषणका निम्ति खर्च वृद्धि हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। अर्थ अभावले काम रोकिने सम्भावना छ। प्रतिनिधिमुलक यात्रा गर्ने मौका आउला।

धनु- काममा कठिनाइ देखिए पनि अन्ततः खुशी मिल्नेछ। घर-जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ। धार्मिक कार्यमा संलग्‍न भइएला। अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ। नबनेका काम बन्‍नेछन्। आयआर्जन र विद्यामा वृद्धि हु्नेछ। साहसिक र कठिन काममा सक्रियता बढ्नेछ। पुराना साथीसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला।

मकर- प्रयत्‍न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ। व्यापार पनि फस्टाउनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। मानसम्मान र पद प्रतिष्‍ठा मिल्नेछ। व्यापार व्यवसाय कार्य सहज रहनेछ। विभिन्‍न भौतिक साधन जुट्नुका साथै व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।

कुम्भ- दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला। धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला। व्यापार-व्यवसाय सामान्य रहनेछ। धार्मिक यात्राको योग छ। प्रियजनसँग भेटघाट र प्रशन्‍नताको समय छ। कामबाट विश्राम लिने मौका छ।

मीन- समाजमा कुरा काट्नेहरू बढ्नेछन्। दैनिक कार्यमा केही समस्याहरू देखिएलान्। खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ। साथीभाइको सहयोग सामान्य रहनेछ। सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला। तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ। सुखसुविधा र विलासिताका साथमा समय बित्‍नेछ।

सम्बन्धित समाचार

सबै