हरिवन : काठमाडौँमा ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो दुर्घटनामा परेका सर्लाहीको हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
बा. प्र–०१–००२ ज. ७३७८ नम्बरको माइक्रोले बा.प्र.–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उपचारको क्रममा योञ्जनको मृत्यु भएको हो ।
माइक्रो चालक टोखा घर भएका ३९ वर्षीय सुरेन सिलवाललाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।