२०८२ साल असार २६ गते बिहिबारको राशिफल :
मेष- छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि समाधान हुनेछ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ। आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ।
वृष- आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्।
मिथुन- नयाँ सीप र ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनबाट फाइदा होला। गरेको यात्रा उपलब्धिमुलक बन्नेछ र काममा उत्साह जाग्नेछ। सन्तानबाट पनि सुख मिल्नेछ।
कर्कट- वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। चिताएको काम बन्ने देखिन्छ। कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। नयाँ काम बन्नेछ। परिश्रमको राम्रो मूल्यांकन हुनेछ। वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ।
सिंह- खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्। मित्रजनसँग मनमुटाव हुन सक्छ। विश्वासमा पारेर धोका दिने छन्।
कन्या- विशेष सभा-समारोहमा भाग लिने मौका छ। मानसम्मान पनि पाइनेछ। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ।
तुला- प्रेम र मित्रताको बन्धन कसिएर जाला। पढाइमा सुधार हुने दिन छ। उद्योग र व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ।
वृश्चिक- स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। आर्थिक अभावले सताउन सक्छ। विश्वास गरेकाले धोका दिन सक्छन्, होशियार रहनु होला।
धनु- कृषि र पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतारचढाव आउला। पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ।
मकर- चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। कुटुम्बको सहयोग प्राप्त होला। व्यापार-व्यवसायमा विस्तार हुनेछ। कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ।
कुम्भ- गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। सन्तानबाट सुख मिल्ने योग छ। रोकिएका काम शुरु हुनेछन्। बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्।
मीन- टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। धन आर्जन होला। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरणजस्ता समस्या आइपर्ने देखिन्छ।