२०८२ साल असार २९ गते आइतबारको राशिफल :
मेष- तपाईंको सौन्दर्य र जीवनशैलीबाट अरू पनि प्रभावित हुन सक्छन्। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आफन्तको काममा अलि बढी खट्नुपर्नेछ।
वृष- विदेश यात्रा वा छात्रवृत्तिका कामले गति पाउने दिन छ। तपाईंको हातमा सह बसेको छ। सही समय र स्थान छनोट गर्न सके हरेक कदम सफल हुनेछन्। लामो समयदेखि अड्किएका काम पूर्ण हुनेछन्।
मिथुन- पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्न सक्छ। तर, परिवन्दमा खुम्चनु पर्दा मन निराश बन्ने छ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ। करिअर वा काममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुनेछ।
कर्कट- आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन छ। पति-पत्नीबीच समझदारी बढ्नेछ। आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो। जागरुकता र इच्छा बढ्ने समय छ। नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ। आत्मीय मित्र वा विपरीत लिंगीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ।
सिंह- व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन छ। तर, स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुन सक्छन्। प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्न सक्छ। तर पनि, मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ। शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ।
कन्या- मनको कुरो खुलस्त पार्ने दिन छ। पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनु होला। एकअर्काको मनोभाव बुझी काम गर्न सके सम्बन्धमा दृढता आउनेछ। अत्यास लाग्ने दिन छ। आफ्नै वा परिवारको कुनै स्वास्थ्य समस्याले पिरोल्न सक्छ। धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ। आत्मविश्वासमा वृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ। शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदीजस्ता व्यापारीका लागि राम्रो दिन देखिन्छ।
तुला- अध्ययन-अध्यापनका दृष्टिले कमजोर समय छैन। मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ। मानसिक अस्थिरताको समय छ। मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। असाध्यै दौडधूप गर्नुपर्ने समय छ। सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुन सक्छ। अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला। नैराश्य र एकोहोरोपन बढ्नसक्छ। कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो।
वृश्चिक- रिसराग र अहंकार बढ्ने दिन छ। झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला। स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचेक्र्याइँ गर्नु हुँदैन। साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ। कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ। माइतीपक्ष वा दिदी-बहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ।
धनु- नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ। सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन्। कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुने छैन। चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ। तर पनि, परिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ। प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र संगत गर्न पाइने छ।
मकर- आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो। धन वा प्रतिष्ठाको वृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन्। नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो। सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यावहारिक बन्न सकेमा मात्र काम निकाल्न सकिने छ। आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रशन्न रहनेछ। घरायसी र व्यावहारिक काममा खट्दासमेत फुर्ति जाग्न गई तन पनि स्वस्थ रहनेछ।
कुम्भ- एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिने छैन। हेर्दा बाहिरबाट सामान्यझैं देखिनु हुन्छ तर भित्रबाट मडारिएको भावनाको वेगलाई कसैले पनि बुझ्न सक्दैनन्। पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्न सक्छ। कार्यालयबाहिरको लाभमूलक काममा पनि खट्न सकिने छ। कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो। साँझपख मन हतास र भावुक बन्न सक्छ।
मीन- घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्छन्। तर, सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन। सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ। तर पनि, आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो। बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो। सहयोगी र मित्रवर्गको साथ जुटाउन सके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ।