२०८२ असार ३० गते सोमबारको राशिफल

२०८२ असार ३० गते सोमबारको राशिफल :

मेष- सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामग्री, बालबालिकाका सरसामानलगायतको कारोबारमा लाभ पाउन सकिन्छ। पारिवारिक सुखमा अभिवृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ। ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ।

वृष- काम र कर्तव्यप्रति दिलचस्पी जाग्‍नेछ। व्यक्तित्वको सुगन्ध फैलने समय हो। व्यक्तित्व निर्माण वा प्रतिष्‍ठा वृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागिपर्नु राम्रो हुनेछ। काममा सक्दो खट्नुपर्ने दिन छ। अन्त्यसम्म व्यस्त रहनुपर्नेछ। र, मिहिनेतअनुसार राम्रै प्रतिफल हातलागी हुनेछ।

मिथुन- महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ। हरेक प्रतिस्पर्धा र संघर्षमा विजयी बन्‍न सकिने छ। व्यापार र आर्थिक क्रियाकलापबाट फाइदा नै हुनेछ। नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ। धार्मिक-सांस्कृतिक काममा खटेर जश पाउने समय छ।

कर्कट- वातावरण तपाईंको विपक्षमा छ। कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुनेछ। जोखिम र संकटले भरिपूर्ण समय छ। नैराश्य, दिक्दारी र चिडचिडापन बढ्न सक्छ। परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछन्। लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुने छैन। आज जोखिमबाट टाढा भाग्‍ने दिन हो।

सिंह- लामो समयपछि एकान्तमा बस्‍न पाउने र रमाउने समय छ। आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्‍ने प्रयास गर्नु होला। शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ। कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ। पारिवारिक जीवन र आत्मिक आनन्दका लागि उत्कृष्‍ट समय छ।

कन्या- आहार-विहारमा नियमितता नहुनाले कमजोरी र थकानको महशुस हुनेछ। महत्त्वाकांक्षामा वृद्धि हुनाले नचिताएको ठाउँमा धनमाल फस्‍ने सम्भावना छ। नयाँ करार वा सम्झौताको सम्भावना पनि देखिन्छ। घमण्ड र जिद्दीपना त्याग्‍न सकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ।

तुला- आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो। ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरूलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटो खुल्नेछ। कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ। सीप वा योग्यता बढाउने अवसर मिल्नेछ।

वृश्‍चिक- कारोबारलाई नयाँ गति दिने प्रयत्‍न हुनेछ। आशाका पछि लाग्‍नु स्वाभाविक हो। तर पनि, आज कसैको आश्‍वासन वा लोभमा नभुल्नु उचित हुनेछ। घरपरिवारमा राम्रो देखिन्छ, विभिन्‍न कुराको लाभ पाउने समय छ। तर, कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्‍न बन्‍न सक्नुहुन्छ। गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ। आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ।

धनु- घरपरिवारभित्र कसैको पेशागत वा व्यावसायिक उन्‍नतिको समाचार सुन्‍न पाइने छ। यस्तै, पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्‍नुपर्ने दिन छ। अध्ययनमा रुचि जाग्‍नेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ। उपलब्धिमा साथीसंगी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ। बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ। आध्यात्मिक मनोभावको विकास हुनेछ।

मकर- कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ। थप आयस्रोत बढाउने विषयका साथै आयका मार्ग सहज बनाउन चिन्तन गर्न सक्नु हुन्छ। आपसमा भेटघाट हुने र रमाउने बेला छ। तर, बोल्दा निकै विचार पुर्‍याउनु होला।

कुम्भ- काममा प्रगति हुने समय छ। तर, एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्‍ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो। पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ। कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नु हुन्छ। व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा हुनेछ।

मीन- हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ। आफन्त नै भए पनि साक्षी-जमानी बस्‍नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन। अल्छीपना देखिन्छ। शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्। मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुनेछ। अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय छ।

सम्बन्धित समाचार

सबै