२०८२ साल असार ३२ गते बुधबारको राशिफल :

मेष- जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्नेछ। सानातिना खर्चको पनि हेक्का राख्‍नु होला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिने छैन।

वृष- विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन छ। अतिरिक्त आम्दानीको सम्भावना पनि छ। भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेम सम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ। प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ। नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको संगतबाट आनन्द लिने समय छ। प्रतिष्‍ठित व्यक्तिलाई मित्र बनाउन पाउनु हुनेछ।

मिथुन- आत्मविश्‍वास र दृढतामा वृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन छ। कारोबारमा बेफाइदा हुँदैन तर पारिवारिक सम्बन्धमा निरशता देखिने छ। दौडधूप र धपेडी गर्ने समय छ। काममा कसैको साथ-सहयोग मिल्दैन। तर, व्यक्तित्व विकास र प्रतिष्‍ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ। करिअर र भविष्‍यको सोच सलबलाउनेछ। कोशिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुनेछ।

कर्कट- हातमा सह भएको दिन छ। नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्‍नेछ। सही समय र स्थान छनोट गर्न सके हरेक कदम सफल हुनेछन्। दैवले साथ दिने समय छ। जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्‍न सक्नु हुन्छ। रोमान्टिक जीवनभन्दा पनि यतिबेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्‍न सक्छन्। भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला।

सिंह- लेनदेनमा सतर्कता अपनाएको राम्रो हुनेछ। साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन छ। अस्वस्थ हुनु हुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुनेछ। खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ। मनोबल र आँतमा कमजोरी देखापर्न सक्छ।

कन्या- अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्र, डेकोरेसन, ड्रेस डिजाइनिङजस्ता काम अथवा उपहार वा मनोरञ्‍जनका सामग्रीमा राम्रो लाभ देखिन्छ। मनोरञ्‍जनात्मक क्रियाकलापमा संलग्‍न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ। तर पनि, जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुनेछ। तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्‍वास राखेको देखिन्छ।

तुला- शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्‍ने हेक्का राखी काम गर्नु होला। कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्‍ने प्रयास गर्नुपर्नेछ। प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्‍न हुनाले मन निराश बन्‍न सक्छ। तर पनि, मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ। नियमित कामधन्दा र दैनिकी सञ्‍चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ। प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुन सक्ने समय छ।

वृश्‍चिक- छोराछोरीको क्रियाकलाप र उन्‍नति-प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन छ। परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्‍न गर्न सकिने छ। बौद्धिकतामा निखार आउने दिन छ। अतः विषयवस्तुप्रति गम्भीर बन्‍न प्रयास गर्नु होला। पढाइमा लगाव बढाउनुपर्नेछ। शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन छ। बौद्धिक र लेखन कार्यमा सफलता मिल्नेछ।

धनु- पारिवारिक समस्याले खिन्‍न बनाउनेछ। तर, आज लापरवाही गर्ने वा भुलिने दिन होइन। किनकि, आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिन सक्छ। मानसिक अस्थिरताको समय छ। मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। असाध्यै दौडधूप गर्नुपर्ने समय छ। सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुन सक्छ। तथापि, साथीभाइको सहयोग लिएर गरिएका सबै काम पूरा गर्न सकिने छ।

मकर- भावना र मनको कुरा सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनु पर्छ। अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुनेछ। कार्यक्षेत्रमा उत्साहबर्द्धक परिणाम प्राप्त हुनेछ। नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ। नचिताएको काम पूरा हुने दिन छ। कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ। बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ।

कुम्भ- एक्लै हुनु हुन्छ भने अब निराश हुनुपर्दैन। आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रंगीन बनाउन सक्छ। नौलो विषयमा चासो देखाउन तथा नयाँ ठाउँमा धन लगानी गर्न उचित समय छैन। दैनिकी सञ्‍चालनमा समेत बाधा झेल्नुपर्ने समय छ। नाफाका दृष्‍टिले राम्रै समय देखिन्छ तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्नेछ। बोली र व्यवहारमा नम्रता अपनाउनु होला।

मीन- लगनशील भई परिश्रम गरेमा उत्कृष्‍ट परिणाम प्राप्त हुनेछ। आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ। आत्मबल बढ्ने छ। नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय छ। धन वा प्रतिष्‍ठाको वृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन्। लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ। मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिँदा धन र मान दुवै पक्षमा बढोत्तरी हुनेछ।

सम्बन्धित समाचार

सबै