२०८२ साल साउन ०३ गते शनिबारको राशिफल :
मेष- आध्यात्मिक-दार्शनिक विषयमा मोह जाग्नेछ। प्रयास गरेको काममा सफलता मिल्नेछ। सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन छ।
वृष- महत्त्वाकांक्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो। तर, खेलवाड र मनोरञ्जनमा भुल्दा भविष्यमा पछुतो मान्ने परिस्थिति बन्न सक्छ। एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिने छैन। विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ। तापनि, सुख-दुःखमा साथ दिनेहरू फेला पार्न सकिनेछ।
मिथुन- मानसिक सन्तुष्टि प्राप्त हुने समय छ। जीवनसाथी वा प्रेमी-प्रेमिकासँग निकटता बढ्नेछ। सुख-सुविधाका सामग्री वा कुनै यन्त्र, उपकरण खरिदमा खर्च हुन सक्छ।
कर्कट- मज्जाले खट्नुपर्ने दिन छ। व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्न सक्छ। आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नु होला। कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गर्नेछ। उत्साहमा वृद्धि हुनेछ। प्रयास गरेमा आश मारेको काम बनाउन सकिने छ।
सिंह- क्षमता प्रदर्शन गरी अरूमाथि छाप छोड्ने समय छ। कार्य सम्पादनका माध्यमबाट सिनियरलाई आकर्षित तुल्याउन सकिने छ। मन हलुका र चंगा हुने दिन छ। नवीन रोजगारी वा व्यापारको योजना छ भने काम थाल्नु उचित हुनेछ।
कन्या- चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन छ। तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखापर्न सक्छ। मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ। भाग्यबल बलियो छ।
तुला- कला, साहित्य र अभिनयमा रुचि बढ्ने दिन छ। नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ। तर, कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुनेछ। आत्मीय मित्र वा विपरीतलिंगी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ।
वृश्चिक- मन फुरुंग रहने दिन छ। गीत-संगीत एवं ललितकलाका अन्य विषय तथा सौन्दर्यका वस्तुहरूमा झुकाव बढ्नेछ। मस्तिष्कलाई आराम मिल्ने समय छैन। रिसराग, द्वेष र अहंकारमाथि विजय पाउनु उचिने हुनेछ।
धनु- सन्तानले काममा सघाउने छन्। दैनिक कामबाट फाइदा नै हुनेछ। दिगो लाभ हुने कुनै कामको थालनी हुन सक्छ। लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय छ।
मकर- मानसिक अस्थिरताको समय छ। मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। असाध्यै दौडधूप गर्नुपर्ने समय छ। सानो लापरवाहीले ठूलो नोक्सानी हुन सक्छ। दिन राम्रो छ। नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नु हुन्छ।
कुम्भ- व्यक्तित्व विकास र करिअर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुनेछ। पदोन्नति र जिम्मेवारी बढ्ने समय छ। आज आफन्त वा नातागोताका काममा सघाउनुपर्नेछ। मनमा उत्साह बढाउने काम गरेमा मन प्रशन्न रहनेछ।
मीन- खातापातालाई दुरुस्त बनाइने छ। उठ्ती र सापटीको हिसाब मिलान गर्न सकिने छ। कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नु हुनेछ। आनन्द प्राप्त हुने दिन छ। केही दिनमै घरमा नवीन सुखको आभास हुनेछ।