२०८२ साल साउन ०४ गते आइतबारको राशिफल :
मेष- धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होश राखेर चल्नुपर्ने समय छ। आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ। अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो। सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुनेछ।
वृष- सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्। व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि वृद्धि हुनेछ। अहंकार र आडम्बरबाट जोगिनु वेश हुनेछ। हौसला जाग्ने समय छ। आत्मबल र जोशजाँगर बढ्नेछ। घरायसी काम समयमै टुंग्याइने छ। घुमफिरमा निस्कने समय पनि छ।
मिथुन- मनमा द्विविधा बढ्ने छ। थकान र बोझको अनुभूति हुनेछ। बाध्यात्मक काममा ध्यान केन्द्रित हुनुपर्ने समय छ। समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ। आर्थिक संकटले सताउने छ।
कर्कट- एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन छ। लक्ष्य र उद्देश्यको मूल्यांकन र परिमार्जन गर्ने समय छ। कारोबारमा राम्रै फड्को मार्ने योग छ। लागिपर्दा कामहरू बन्ने छन्। दायित्व र जिम्मेवारी पनि बढिरहने छन्।
सिंह- कामधन्दामा मज्जाले खट्नुपर्नेछ। जीवनसाथीले आफ्नो विवशता नबुझिदिँदा दिक्क लाग्न सक्छ। ज्येष्ठ नागरिकको सद्भाव र सहानुभूति प्राप्त हुनेछ। परीक्षाको तयारी गर्दै हुनु हुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ। प्रतिष्ठा बढ्ने दिन छ।
कन्या- परिश्रम र मिहिनेतअनुरूप भाग्यवृद्धि हुने दिन छ। शान्त र स्थिर मतिको उदय हुनेछ। प्रेम र भाइचारालाई जीवन्त तुल्याउन सकिने छ। ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्न सक्छ। विदेशी परियोजनामा काम गरेमा सुषुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ।
तुला- निरंकुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन्। खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुनेछ। समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ। चिन्ता, शंका र डरले जरो गाड्नेछ। आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुनेछ।
वृश्चिक- सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ। नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्न सक्छ। रचनात्मक ऊर्जाले भरिपूर्ण समय छ। प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ। नयाँ कामतर्फ अग्रसर भइने छ। पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ।
धनु- रिस र आवेगलाई नियन्त्रण गरेको असल हुनेछ। भेटघाट र मिलनको समय छ। तथापि, मानसिक उल्झन र चिडचिडापन बढ्ने दिन छ। त्यसैले, बेकारका कुराकानी र ख्यालठट्टालाई नियन्त्रण गर्नु होला। नोकरी र व्यावसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठा प्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ।
मकर- नयाँ कामको प्रस्ताव आउन सक्छ। बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ। प्रेमभाव, शान्त वातावरण, खुशी र सद्भाव कायम रहने राम्रो दिन छ। कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रशन्नता पाउन सक्नु हुनेछ। अलि धेरै मिहिनेत गर्नुपर्ने समय छ।
कुम्भ- सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय छ। कारोबारमा ध्यान केन्द्रित नहुन सक्छ। तर पनि, आर्थिक सन्तुलन कायम रहने दिन हो। घरपरिवारमा राम्रो देखिन्छ। विभिन्न कुराको लाभ पाउने समय छ।
मीन- व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय छ। परीक्षा र अन्तर्वार्तामा सफलता हात पर्नेछ। काममा सहयोगीको साथ पाइने समय छ। आपसी सुख-दुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्नेछ। परिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सकिने छ।