२०८२ साल साउन ०५ गते सोमबारको राशिफल

२०८२ साल साउन ०५ गते सोमबारको राशिफल :

मेष- अपेक्षाभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ। तथापि, इज्जत धान्‍न र आडम्बर देखाउन धन खर्च गर्न मन हौसिने छ। सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सकिने छ। प्रसिद्धि र सम्मानमा भने वृद्धि हुनेछ।

वृष- सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ। काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ। अनुभवी व्यक्तित्वको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ। आपसमा माया र समझदारी कायम रहनेछ,।

मिथुन- मोजमस्ती, आनन्द र रमाइलोमा केन्द्रित रहँदा आर्थिक संकट बढ्ने छ। तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रशाधनका वस्तु र फलफूल-तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन छ।

कर्कट- बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन छ। सहयोगी र मित्रवर्गको साथ जुटाउन सके महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ। आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन छ। उन्‍नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै छुट्टै पहिचान कायम राख्‍न सफल भइने छ। पदोन्‍नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय छ। देश-विदेशको यात्रामा निस्कने संयोग छ।

सिंह- कार्यक्षेत्रमा व्यस्त रहनुपर्ने दिन छ। दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदानप्रदान गर्ने दिन छ। व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्‍न सफल भइने छ।

कन्या- बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ। सुखद समाचार सुन्‍न पाइने  छ। असम्भव आशाको पछि लाग्दा उल्टै नोक्सानी हुनेछ। कुनै सामाजिक क्रियाकलापमा संलग्‍नता जनाउन पाइने छ। तथापि, योजनाअनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्‍न हुन सक्छ।

तुला- शरीरमा थकान र उत्साहमा कमी आउने समय छ। आज आफ्ना लागि मात्र होइन, आफन्तका लागि पनि तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ। सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय छ। दबाब वा करकापमा गरेको कामले भविष्‍यमा धोका हुन सक्छ। समय र परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन।

वृश्‍चिक- आम्दानीका दृष्‍टिले कमजोर समय छैन। पारिवारिक प्रयोजनमा केही समय खर्च हुन सक्छ। पारिवारिक सुखमा कमी देखिँदैन। जागरुकता र इच्छा बढ्ने समय छ। कला वा अभिनयका पारखीका लागि राम्रो समय छ।

धनु- अनावश्यक चिन्ताले सताउने दिन छ। नियमित काममा जाँगर लाग्‍ने छैन। हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ। आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय छ। स्वास्थ्य र आहारविहारप्रति ध्यान दिनु ठीक हुनेछ। आफन्तको इच्छा र चाहनालाई बेवास्ता नगर्नु होला।

मकर- गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ। साथीसँग रमाउँदा दिन बितेको पत्तो हुने छैन। ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ।

कुम्भ- मनोरञ्‍जन र खेलबाडले लक्ष्‍य प्राप्तिमा कठिनाइ उत्पन्‍न हुनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। प्रगतिका लागि सचेत र संयम हुनु जरुरी छ। गोपनीयतामा ध्यान दिनु होला। किनकि, चियोचर्चो गर्नेले तनाव बढाउन सक्छन्।

मीन- पारिवारिक वातावरण सुखमय रहने छ। साथीसंगीसँग भेटघाट गर्दै नयाँ योजना बनाउने समय छ। कतै भ्रमणमा निस्कने योगसमेत छ। मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय छ। साथीभाइ र अभिभावकबचिमा आत्मसम्मान बढ्ने छ। व्यक्तिगत पहिचान र प्रतिष्‍ठा तथा व्यावसायिक उन्‍नतिका लागि चालेका हरेक कदमले सफलता दिलाउने छन् ।

सम्बन्धित समाचार

सबै