२०८२ साल साउन ०९ गते शुक्रबारको राशिफल

२०८२ साल साउन ०९ गते शुक्रबारको राशिफल :

मेष- दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। कार्य सम्पादन क्षमता बढ्नेछ। आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।

वृष- व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। पशुपालन र कृषिबाट राम्रो लाभ मिल्ने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्‍या गर्नेहरूको मनोबल कमजोर हुनेछ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्‍वासमा नपर्नु होला, धोका पाइएला।

मिथुन- शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान दिनु होला। छिमेकमा असमझदारी बढ्ने छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने छ। समस्याहरू पनि थपिन सक्छन्।

कर्कट- ईर्ष्‍यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा पार्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्‍ठित काम सम्पादन गर्ने मौका छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ।

सिंह- पहिलेको सफलताले उत्साह जगाउनेछ। बोलीको माध्यमले लाभ उठाउन सकिनेछ। प्रयत्‍न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन्। भौतिक साधन जुट्नाले प्रशन्‍नता मिल्नेछ।

कन्या- आयआर्जन राम्रै हुनेछ। आतिथ्य सम्मान प्राप्त हुनेछ। रमाइलो यात्राको अवसर जुट्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्‍ने सम्भावना छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिनेछ।

तुला- धोकेबाजहरूले झुक्याउन सक्छन्। सहयोगीहरूको भर नपर्नु होला। मान सम्मान पाइनेछ। स्वादिष्‍ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। कामको तारिफ हुनेछ।

वृश्‍चिक- मिहनेत र परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ। घरायसी काम बन्‍नेछन्। परिस्थितिअनुसार चल्न नसक्दा दु:ख पाइनेछ। सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ।

धनु- सुख दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। आयआर्जनका स्रोत बढ्नेछन्। व्यापारमा पनि बढी नै फाइदा हुने समय छ।

मकर- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। प्रयत्‍न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छा शक्ति बढ्नेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। विभिन्‍न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ।

कुम्भ- अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। व्यवसायिक काममा खर्च बढ्नेछ। अर्थ अभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।

मीन- मिहनेत गर्दा विभिन्‍न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। मनमा डर लागे पनि विभिन्‍न अवसरले पछ्याउनेछन्। तार्किक क्षमता र बोलीको प्रभाव बढ्नेछ। आर्जित धन खर्च हुन सक्छ। तर, आफ्नै प्रयासले लाभ मिल्न सक्छ। प्रतिस्पर्धीलाई हराउन सकिनेछ।

सम्बन्धित समाचार

सबै