२०८२ साल साउन १० गते शनिबारको राशिफल

२०८२ साल साउन १० गते शनिबारको राशिफल :

मेष- तार्किक क्षमताको कदर हुनेछ र सम्मान प्राप्त हुनेछ। तर, साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आशा देखाएर धोका दिने व्यक्तिहरूसँग सावधान रहनुहोला। लाभ नहुने कामको जिम्मेवारी आउन सक्छ। अवसरवादीहरूले तपाईंको कमजोरीको फाइदा उठाउने सम्भावना छ। पढाइमा ध्यान केन्द्रित हुन गाह्रो हुनेछ।

Advertisement
वृष- अत्यधिक भेटघाटले काममा बाधा पुर्‍याउन सक्छ। आँट र दृढतामा कमी हुँदा अवसर गुम्‍ने सम्भावना छ। स्वास्थ्य कमजोर भए पनि सामाजिक कार्यमा सक्रिय भइनेछ। सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेछ। मिहिनेतले अवसर जुट्नेछ र शुभचिन्तकहरूको साथ पाइनेछ।

मिथुन- काम गर्दा चुनौती आइलाग्‍नेछ। तर, प्रयत्‍न गरेमा दीर्घकालीन लाभ हुनेछ। नयाँ जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम शुरु गर्न अनुकूल समय छ। धेरैको साथ र समर्थन पाइनेछ। महत्त्वपूर्ण निर्णय लिन सकिने दिन छ। अध्ययनमा प्रगति हुनेछ। विरोध गर्नेहरू पछाडि हट्नेछन्।

कर्कट- इच्छाले अनावश्यक खर्च बढ्न सक्छ। आलस्यले काम रोकिने सम्भावना छ। आर्थिक संकलनमा बाधा आउन सक्छ। अस्वस्थता वा काम बिग्रने डरले मानसिक तनाव बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ। साथ दिने शुभचिन्तकहरूको अभाव भने रहने छैन।

सिंह- तर्कशक्ति बलियो र रोकिएका काम सम्पादन हुने समय छ। आलोचकहरूलाई जवाफ दिन सकिनेछ। लगनशीलताले दीर्घकालीन फाइदा दिलाउने छ। ऋणमोचन हुने सम्भावना छ। सुखद समाचार प्राप्त हुनेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ।

कन्या- मनग्य धन आर्जन हुने दिन छ। तर, पुराना सहयोगीहरू प्रतिस्पर्धी बन्‍न सक्ने हुँदा सतर्क रहनुहोला। कीर्तिमानी काम शुरु गर्न सकिने समय छ। अप्रत्याशित धन लाभको सम्भावना छ। प्रतिस्पर्धीहरूले समस्या उत्पन्‍न गर्न सक्छन्। व्यापार र उद्योगमा फाइदा हुनेछ।

तुला- विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछाडि पर्न सकिन्छ। समय र नियमको पालना गर्नु होला। विशेष जिम्मेवारी आउन सक्छ। रोकिएका काम बन्‍नेछन् र आम्दानीको स्रोत पनि बढ्नेछ। व्यवसायका लागि यात्रा हुने सम्भावना छ। प्रेममा प्रगाढता आउन सक्छ।

वृश्‍चिक- आफ्नै कमजोरीले अवसर गुम्‍न सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। रोकिएका काम बन्‍नेछन्। नयाँ जिम्मेवारी हात पार्न सकिने समय छ। बौद्धिक वृत्तमा प्रभाव जमाउने अवसर मिल्नेछ। तर, सोखले खर्च बढाउनेछ।

धनु- शुभचिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमजोरी सुधार्ने मौका मिल्नेछ। अवरोधबीच सामाजिक हितमा राम्रो काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ। शुभचिन्तकको सुझाव अवमूल्यन गर्दा समस्या आउन सक्छ। काम बिग्रने डरले सताउनेछ।

मकर- सोचेजस्तै काम बन्‍नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। दीर्घकालीन लाभ हुने काम शुरु गर्न सकिने समय छ। धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्‍ठा बढ्नेछ। भाग्योन्‍नतिको संकेत देखिन्छ। तर, कमजोर व्यक्तिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न हुन सक्छ।

कुम्भ- कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत खुल्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। केही समस्या देखिए पनि दिन रमाइलो रहने छ। परिवारको साथले उत्साह बढ्नेछ। अनायासै प्रतिस्पर्धा बढ्न सक्छ। प्रतिष्‍ठा र अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ।

मीन- गरेका कामबाट राम्रो लाभ मिल्नेछ। तर, साँझदेखि ईर्ष्यालुहरूका कारण समस्यामा पर्न सकिनेछ। सोख पूर्तिका लागि खर्च बढ्ने सम्भावना छ। साँझतिर सानातिना समस्यामा अल्झिनुपर्ने हुन सक्छ। रोकिएका कामहरूमा पुनः प्रयास गर्दा सफलता मिल्नेछ। आम्दानी बढेर आर्थिक पक्ष सबल बन्‍नेछ।

सम्बन्धित समाचार

सबै