२०८२ साल साउन ११ गते आइतबारको राशिफल

२०८२ साल साउन ११ गते आइतबारको राशिफल :

मेष- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइन सक्छ। जागिरमा सावधानी अपनाउनु होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमी-कमजोरी सुधार्ने अवसर मिल्नेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजा प्राप्त हुँदा साँझतिर उत्साह बढ्नेछ।

वृष- अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिनेछ। केही खर्च लागे पनि सोचेको काम बन्‍नेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ योजना शुरु गर्ने अनुकूल समय छ।

मिथुन- मिहिनेतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरु हुन सक्छ। अवसर आए पनि सही तरिकाले उपयोग गर्न नसकिएला। ठूलो प्रयत्‍न गर्दा सामान्य लाभ मात्र मिल्नेछ। बुद्धिको प्रयोगले लक्ष्‍य पहिचान गर्न सकिनेछ। रचनात्मक कार्यबाट लाभ हुनेछ।

कर्कट- अरूका लागि समय, बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्‍वासन दिनेहरूले धोका दिन सक्छन्। लेनदेन र सरसापटमा खर्च बढ्ने सम्भावना छ। आम्दानीमा प्रभाव पार्नेहरू सक्रिय रहन सक्छन्। स्वास्थ्यमा कमजोरी देखिनेछ। अप्रिय समाचारले मन खिन्‍न बनाउन सक्छ।

सिंह- समय व्यवस्थापनमा कमीले दुःख पाइन सक्छ। भौतिक साधन बिग्रनाले काममा बाधा पुग्‍न सक्छ। तर, सामान्य प्रयत्‍नले पनि ठूलो उपलब्धि मिल्नेछ। सजिलोसँग काम बन्‍नाले उत्साह बढ्नेछ। जटिल कार्यहरू सम्पन्‍न हुनेछन्। व्यापारमा विशेष लाभ उठाउन सकिने समय छ।

कन्या- परिस्थिति अलि प्रतिकूल देखिए पनि सामान्य लाभ हुनेछ। विगतको श्रमबाट प्रशस्त धन प्राप्त हुन सक्छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। बिग्रिएको सम्बन्ध र विगतका कमजोरी सुधार्ने मौका छ। बिछोडिएका आफन्तसँग पुनः भेटघाट हुनेछ। रोकिएका कामहरू पनि अघि बढ्नेछन्।

तुला- फुर्सद मिल्नेछ र यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। वैदेशिक कामकाजमा फाइदा हुनेछ। मनको डर उत्साहमा रूपान्तरण हुनेछ। रमाइलो यात्राको सम्भावना छ र सम्मानजनक आतिथ्य पाइनेछ। विभिन्‍न सहयोग र उपहार प्राप्त हुने योग छ।

वृश्‍चिक- सवारी साधनमा सावधानी अपनाउनु होला। लेनदेनसम्बन्धी विवादले समस्या आउन सक्छ। टाढिएका साथीभाइसँग पुनः सम्पर्क हुँदा हर्षित भइनेछ। तपाईंका कामको धेरैले प्रशंसा गर्नेछन्। तर, विलासी सोखले खर्च बढाउनेछ।

धनु- पढाइमा समय दिन नसकिएला। सहयोगीहरूमा अत्यधिक निर्भरता हुँदा काममा बाधा आउन सक्छ। झुटा आश्‍वासन दिनेहरूबाट सजग रहनुहोला। अरूको विश्‍वासमा पर्दा धोका पर्न सक्छ। तर, प्रतिस्पर्धामा विजयी भई आम्दानी बढाउने अवसर पनि प्राप्त हुनेछ। साँझतिर कामको चाप घट्नेछ।

मकर- प्रेम र मित्रताको सम्बन्ध अझ बलियो हुनेछ। रमाइलो भेटघाट र उपहार प्राप्ति हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्‍ने अवसर मिल्नेछ। कृषि तथा पशुपालनबाट राम्रो लाभ प्राप्त हुनेछ। समग्रमा दिन उत्साहपूर्ण रहनेछ।

कुम्भ- अवसर आए पनि नयाँ काम शुरु गर्नुअघि विचार पुर्‍याउनु होला। हतार गर्दा काम बिग्रन सक्छ। रचनात्मक कार्य आरम्भ गर्न अनुकूल समय छ। पारिवारिक आत्मीयता बढ्नेछ। रमाइलो जमघट र स्वादिष्‍ट भोजनको आनन्द पाइनेछ। साँझतिर महत्त्वाकांक्षी योजना सफल हुने सम्भावना छ।

मीन- अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न हुनेछ। स्वास्थ्यमा विशेषतः पेटसम्बन्धी समस्या देखिन सक्छ। यद्यपि, दिगो फाइदा हुने क्षेत्रमा लगानी बढाउन सकिने समय छ। पति-पत्‍नीबीच सामान्य मतभेद देखिए पनि परस्पर समन्वयले समाधान खोज्न सकिनेछ। थोरै लाभबाट ठूलो आवश्यकता पूरा हुनेछ।

सम्बन्धित समाचार

सबै