२०८२ साल साउन १३ गते मंगलबारको राशिफल :
मेष- आध्यात्मिक वा दार्शनिक विषयमा रुचि बढ्नेछ। नयाँ सीप सिक्ने अवसर मिल्नेछ। प्रयत्न गरेका काममा सफलता मिल्नेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। जीवनसाथी र परिवारको साथले मन प्रशन्न हुनेछ।
वृष- महत्त्वाकांक्षी बन्ने समय हो तर लापरवाहीले समस्या ल्याउन सक्छ। ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ। भावनात्मक अस्थिरता देखिन सक्छ। विवादास्पद काममा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ।
मिथुन- मन प्रशन्न रहन सक्छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। खर्च बढ्न सक्छ। तर, दीर्घकालीन लाभका लागि लगानी उपयुक्त हुनेछ। भविष्य निर्माणका योजना बन्न सक्छन्।
कर्कट- धेरै खटिनुपर्ने दिन छ। पढाइ र प्रविधिमा रुचि बढ्नेछ। थोरै प्रयासले पनि राम्रो परिणाम आउनेछ। दाम्पत्य र प्रेम जीवन केही प्रभावित हुन सक्छ।
सिंह- आफ्नो क्षमता देखाउने दिन छ। प्रेम सम्बन्धमा सकारात्मक संकेत मिल्नेछ। रोजगारी वा नयाँ योजनाको शुरुवातका लागि अनुकूल समय छ। पारिवारिक सम्बन्धमा पनि सुधार आउनेछ।
कन्या- मनमा अशान्ति र गुनासो बढ्न सक्छ। तेस्रो पक्षको कारण सम्बन्धमा समस्या आउन सक्छ। भाग्यबल साथ दिनेछ। तर, नयाँ निर्णयमा होशियारी अपनाउनु ठीक हुनेछ।
तुला- कला, साहित्य र सिर्जनात्मक काममा रुचि बढ्नेछ। नयाँ मित्रता बन्न सक्छ तर प्रतिबद्धता नगर्नु राम्रो हुनेछ। सहकर्मीको सहयोगले लक्ष्य प्राप्त हुनेछ।
वृश्चिक- मन फुरुंग हुनेछ। गीत संगीत, सौन्दर्य र विलासी वस्तुहरूमा रुचि बढ्नेछ। क्रोध र ईर्ष्याबाट बच्नुपर्नेछ। व्यावसायिक र व्यक्तिगत क्षेत्रमा सन्तुलन आवश्यक छ।
धनु- छोराछोरीको साथ सहयोग मिल्नेछ। स्मृतिमा रमाउने समय छ। लाभमूलक काममा हात लाग्ने संकेत छ। मिहिनेतले परीक्षामा सफलता मिल्नेछ।
मकर- मन अस्थिर रहन सक्छ। सानो गल्तीले ठूलो नोक्सानी हुन सक्छ। घर परिवारसँग समय बिताउने अवसर मिल्नेछ। प्रेम जीवनमा केही असहजता देखिन सक्छ। तर, साथीको सहयोगले मन हलुका हुनेछ।
कुम्भ- स्वादिष्ट खाना र रमाइलो पलको दिन छ। कार्य क्षेत्रमा प्रगति हुने सम्भावना छ। आत्मीयजनको काममा सहयोग गर्नुपर्ने स्थिति आउन सक्छ। प्रेम र मित्रताको समन्वयमा होशियारी अपनाउनुहोला।
मीन- आर्थिक हिसाब किताब मिलाउने दिन हो। रोकिएको रकम फिर्ता हुने सम्भावना छ। परीक्षा वा अध्ययनमा सफलता मिल्नेछ। नयाँ विषयमा ज्ञान लिन प्रेरणा प्राप्त हुनेछ।