२०८२ साल साउन २० गते मंगलबारको राशिफल

२०८२ साल साउन २० गते मंगलबारको राशिफल :

मेष- आजको दिन मिश्रित फलदायी देखिन्छ। शरीरमा अस्वस्थता र खिन्‍नता हुन सक्छ। तथापि, आकस्मिक धन लाभको योग छ। चिठ्ठाबाट लाभ हुने सम्भावना छ। अत्यधिक व्यस्तता हुने दिन छ।

वृष- आज अतिरिक्त गतिविधि र प्रतिभा प्रदर्शन गर्ने अनुकूल समय छ। तथापि, वाणीमा नियन्त्रण राख्‍नु आवश्यक देखिन्छ। किनकि, विवाद वा मतभेद उत्पन्‍न हुने सम्भावना छ। घमण्ड र अहंकारबाट टाढा रहनु उपयुक्त हुनेछ।

मिथुन- आज सम्बन्धहरूमा प्रगाढता महशुस हुनेछ। साथीभाइले मनको कुरा बुझिदिने छन्। तथापि, शत्रु र आलोचकहरू प्रति अनावश्यक आक्रोशले गलत निर्णय गराउन सक्छ। व्यावसायिक क्षेत्रमा सानो प्रयासले पनि उल्लेखनीय लाभ मिल्ने सम्भावना छ।

कर्कट- आज वैचारिक मतभेद र मानसिक द्वन्द्वको योग परेको छ। तर, संवाद र धैर्यबाट समाधान सम्भव छ। वित्तीय क्षेत्रमा खर्चको चाप बढ्न सक्छ। त्यसैले, सोचविचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ।

सिंह- आज सामाजिक गतिविधिमा बढी समय दिनुपर्ने योग छ। पुराना समस्याहरू समाधानतर्फ उन्मुख हुनेछन्। तथापि, काम र प्रेम सम्बन्धमा सन्तुलन नहुँदा असमझदारी बढ्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ र पारिवारिक जमघटको सम्भावना पनि छ।

कन्या- उत्साहजनक सन्देश वा उपहार प्राप्त हुने सम्भावना छ। आत्मविश्‍वास र दृढ निश्‍चयले लक्ष्‍यमा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। केही अप्रत्याशित तर लाभदायक यात्राको सम्भावना छ।

तुला- आत्मविश्लेषण र परिश्रममा केन्द्रित हुनुपर्ने दिन छ। मिहिनेत गर्न सके व्यक्तिगत विकासका ढोका खुल्नेछन्। घरायसी पक्षमा पनि सुधार आउने संकेत छ। वाहन वा सम्पत्तिमा ध्यान केन्द्रित हुनेछ।

वृश्‍चिक- खानपानप्रति आकर्षण बढ्ने छ। धार्मिक ग्रन्थ पढ्न प्रेरणा मिल्नेछ। व्यापारिक मामिलामा सावधानी आवश्यक छ। साना त्रुटिले पनि ठूलो क्षति निम्त्याउन सक्छ। सहकर्मीहरू प्रति विश्‍वास गर्दा धोका हुन सक्ने सम्भावना छ।

धनु- जोखिमपूर्ण कार्य सफल हुने सम्भावना छ। विगतका गुमाएका अवसरहरू पुनः प्राप्त गर्ने समय छ। वैदेशिक सम्पर्क वा अध्ययनमा पनि प्रगति हुनेछ। नयाँ मान्छेसँग भेटघाट हुन सक्छ।

मकर- आज प्रतिष्‍ठा बढ्नेछ। उच्चपदस्थ व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्‍नेछ। कुनै सम्मान वा पुरस्कार प्राप्त हुने सम्भावना छ। पितृपक्षप्रतिको आकर्षण जाग्‍नेछ। खुशीको सन्देश प्राप्त हुनेछ र मन प्रफुल्ल रहने छ।

कुम्भ- परोपकारी भावना जाग्‍ने दिन छ। भाइचारा र प्रेम सम्बन्धमा सुधार आउनेछ। आकस्मिक अवसरले उत्साह दिलाउने छ। नयाँ कारोबार वा आम्दानीको स्रोतप्रति आकर्षण बढ्नेछ। लामो समयदेखिको एक्लोपन टुट्ने संकेत पनि छ।

मीन- आजको दिन नयाँ लगानीका लागि अनुकूल छैन। स्वास्थ्यमा अलिकति कमजोरी देखिने सम्भावना छ। असजिलो परिस्थितिमा पनि मनोबल उच्च राख्दै सन्तुलन कायम गर्नु आवश्यक छ। नयाँ ज्ञानको खोजी गर्न सकिने समय भए पनि हडबड नगर्नु श्रेयस्कर हुनेछ।

सम्बन्धित समाचार

सबै