२०८२ साल साउन २१ गते बुधबारको राशिफल

२०८२ साल साउन २१ गते बुधबारको राशिफल :

मेष– तपाईंले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरू रुष्‍ट हुनेछन। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पूरा नहुन सक्छ। काममा कठिनाइ सहनुपर्ला। यातायातका साधनबाट पनि जोगिनु होला।

वृष- आजको दिन आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन- काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार- व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ। मनोरञ्‍जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसFग पनि भेट होला।

कर्कट- वादविवादमा पर्न सकिन्छ, सावधान रहनु होला । अनायसै पैसाको क्षति हुने दिन छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। मनमा पीडाले पनि सताउने छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावक वर्ग रुष्‍ट हुन सक्छन्।

सिंह- काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्‍ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मानसम्मान पनि पाइएला। प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।

कन्या- सोचेको काम बन्‍नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। मान-सम्मान बढ्नेछ। सुखको अनुभुति हुनेछ। सन्तान पक्षबाट सुखको समाचार सुन्‍न पाइने छ।

तुला- नोकरी र राजनीतिमा गरेका प्रयासहरू फलदायी रहने छन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य, मनोरञ्‍जनमा रुचि बढ्नेछ। पारिवारिक सुखसमृद्धीमा वृद्धि हुनेछ। कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखापर्नेछ।

वृश्‍चिक- स्वास्थ्यमा गडबडीको संकेत छ। खानपिनमा एकदमै सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ। आज तपाईंको सोच्दै नसोचेको ठाउँमा धन जाँदैछ। सामान्य रोगले पनि सताउने छ।

धनु- काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिने छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्‍न हुनेछन्। रोकिएका कामहरू बन्‍ने दिन छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ।

मकर- तपाईंका प्रशंसकहरू बढ्नेछन्। व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। धनलाभ पनि हुनेछ। काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्‍नेछ।

कुम्भ- टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ। अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला। कतै टाढाको यात्राको सम्भावना छ। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्‍ने योग छ।

मीन- भौतिक साधनको क्षतिका कारण खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले पनि सताउन सक्छ। स्वास्थ्यको कमजोरीले सताउला। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ। अनावश्यक खर्च हुने सम्भावना छ।काम गर्नमा खासै मन नजाला।

सम्बन्धित समाचार

सबै