२०८२ साल साउन २२ गते बिहिबारको राशिफल

२०८२ साल साउन २२ गते बिहिबारको राशिफल :

मेष- व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा बिघ्‍नबाधा उपस्थित हुन सक्छन्। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ। भौतिक साधनमा पनि क्षति होला। अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केही पैसा खर्च हुन सक्छ।

वृष- नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईंले अरूलाई गर्नुभएको बाचा पूरा हुने दिन छ। काम गर्नमै समय बिताए मन खुशी रहने छ। तर, अपेक्षाकृत फाइदा हुने छैन। टाढिएका आफन्तको यादले पिरोल्ने छ। अन्य कुरामा सुखले साथ दिनेछ। समयको भने बचत गर्नु होला।

मिथुन- आयआर्जनमा राम्रो दिन छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ। लामो समयदेखि रोकिएका काम बन्‍नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आर्जन हुन सक्छ।

कर्कट- आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउने छन्। रचनात्मक काममा जुट्ने समय छ। सामान्यतया दिन एकदम राम्रो छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन फुरुंग हुने समय छ। धन लाभ हुनेछ।

सिंह- हातहतियारबाट जोगिनुपर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रयास गरे पनि सफलता हात लाग्‍ने बेलामा वादविवाद हुन सक्छ। कसैसँग बढी रीस पनि उठ्ला। काममा आलस्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ।

कन्या- काममा मन नजानाले कामहरू अधुरै रहने सम्भावना छ। मानसम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ। श्रमको उचित मूल्यांकन हुनेछ। काममा ढिलाइ भई सोचेको काम नबन्‍न सक्छ।

तुला- चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ। र, त्यसबाट मान प्रतिष्‍ठामा राम्रो हुनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। घरपरिवारमा राम्रो सम्बन्ध बन्‍नेछ। दिन मनोरञ्‍जनका साथ बित्‍नेछ।

वृश्‍चिक- प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्‍न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। टाढाको यात्राबाट धन लाभ पनि होला।

धनु- स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला। यात्राका क्रममा होश राख्‍नु राम्रो हुनेछ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु होला। रुघाखोकीले पनि सताउला। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाउँमा धन नाश हुने दिन छ।

मकर- कामहरू आज सहजै बन्‍नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ। कसैबाट समर्थन पनि पाइएला। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। केही अधुरा काम सम्पन्‍न हुनेछन्। पढाइमा मन जानेछ।

कुम्भ- व्यापार व्यवशायमा उन्‍नति हुनेछ। आत्मविश्‍वास र पराक्रममा वृद्धि भई धनलाभ हुने दिन छ। आँटे-गरेको कार्यमा सफलता मिल्नेछ। मन हर्षित रहने छ। अपेक्षाभन्दा बढी नै लाभ हुने दिन छ। निर्माण र व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ।

मीन- आर्थिक काम बन्‍नेछ। यात्राको योग छ। घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्‍ट रहने छ। रोकिएको काम सानो प्रयासले बन्‍नेछ। आम्दानीको स्रोतसमेत बढ्नेछ।

सम्बन्धित समाचार

सबै