सिरोहियालाई ३ दिन हिरासतमा राख्न धनुषा अदालतको अनुमति

जनकपुरधामः नागरिकता किर्तेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।

प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो। तर जिल्ला न्यायाधीश चुडामनि खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो। उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो।

सम्बन्धित समाचार

सबै