लालबन्दी : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेल/मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ ।
