आजको मौसमः कोशी र मधेश प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना

हरिवनः आज देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जनाइएको छ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

कोशी र मधेश प्रदेशका भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग हावा्हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी र मधेस प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख छ।

सम्बन्धित समाचार

सबै