सर्लाहीमा अर्को एउटा इलाका प्रशासन थपिँदै

लालबन्दी । सर्लाहीमा एकसहित सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ।

साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्काे प्रशासन समितिमा पठाएकाे छ।

जसअनुसार सर्लाहीको बलरामा नयाँ इलाका प्रशासन कार्यालय थपिने भएको हो ।

प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएकाे हाे। 

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भाैगाेलिक सुगमता र पहुँचबिच देखिएकाे असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले  जनाएको छ।

आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयकाे याेजना छ। 

इलाका प्रशासन कार्यालय राखिने स्थानहरु :
१. इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
२. इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
३. इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
४. इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
५. इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
६. इलाका प्रशासन कार्यालय, वलरा,
सर्लाही
७. इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
८. इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
९. इलाका प्रशासन कार्यालय, टोखा, काठमाण्डौ
१०. इलाका प्रशासन कार्यालय, धो, डोल्पा
११. इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
१२. इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
१३. इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
१४. इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
१५. इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम
१६. इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
१७. इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
१८. इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी
१९. इलाका प्रशासन कार्यालय, हेदङ्गवा, संखुवासभा
२०. इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
२१. इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
२२. इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाची
२३. इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन

सम्बन्धित समाचार

सबै