लालबन्दी : बारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर शान्ति टोलस्थित धर्मशालाको पेटीमा सर्लाही ईश्वरपुर नगरपालिका-७ फुलजोर घर भएका ६० वर्षीय गोपाल चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।