लालबन्दी । झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सर्लाहीका पनि रहेका छन् ।
विभिन्न मिति र समयमा झुट्टा सवारी दुर्घटना खडागरी सरकारी कार्यालयको नक्कली कागजात तथा छाप बगाएर नक्कली घाइते खडा गरेको र घाइतेको उपचार ललितपुरस्थित बीएण्डबी अस्पतालमा गरेको भन्दै उनीहरूले दाबी गरेका थिए ।
यसै आधारमा नक्कली कागजात बनाई नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट बिमा रकम दाबी गरेको आरोपमा मंगलबार प्रहरीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराले बताए ।
प्रहरी उपरीक्षक बोहराका अनुसार उक्त कम्पनीका कर्मचारी र आफ्नो सवारी सम्बन्धी कागजात झुट्ट सवारी दुर्घटना मिलाइ भुक्तानी लिने कार्यमा संलग्न ५ जनालाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरू :
१. जिल्ला ललितपुर, गोदावरी नगरपालिका १४ बस्ने वर्ष ३६ को सुनिल महर्जन ।
२. जिल्ला ललितपुर, गोदावरी नगरपालिका १४ बस्ने वर्ष ३३ को विकेश कुँवर ।
३. का.म.न.पा. १२ घर भइ का.म.न.पा. १४ बस्ने वर्ष ५१ को बिनोद डंगोल ।
४. जिल्ला सर्लाही, इश्वरपुर नगरपालिका ३ घर भइ हाल का.म.न.पा. ३१ बस्ने वर्ष ३९ को सुनिल सापकोटा ।
५. जिल्ला काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका २ घर भइ का।जि। काँडाघारी बस्ने वर्ष ४८ को हरि प्रसाद गौतम ।
६. जिल्ला बारा, निजगढ नगरपालिका ६ घर भइ कागेश्वरी मनोहरा ७ बस्ने वर्ष ४५ को मनोज कुमार आचार्य ।